भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई (१७ भी ५) हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनाग्रस्त […]
काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले आजदेखि सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारणसभा उद्घाटन गरेका छन्। नयाँ नेतृत्वसहितको कार्यसमिति चुनावबाट छान्ने साधारणसभा काठमाडौंको होटल सोल्टीमा सुरु भएको हो। साधारणसभासँगै हुने निर्वाचनले नाडा अध्यक्षसहित १७ जनाको नयाँ कार्यसमिति सदस्यलाई निर्वाचित गर्नेछ। यसपटकको निर्वाचनमा अटो व्यवसायीहरुको दुई प्यानलले चुनावी प्रतिस्पर्धा गर्दै छ। करण चौधरी र ध्रुव थापाले […]
काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन ढोकैमा आइपुग्दा नेताहरु भने उम्मेदवारीको कसरतमा रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने बताएसँगै उनी अन्य पदाधिकारीका उम्मेदवार चुन्न भेला बोलाएका छन् । संस्थापन इतर पक्षले भने अहिलेसम्म एकल उम्मेदवार खडा गर्न सकेको छैन । एकल उम्मेदवार खडा गर्नका लागि नेताहरुबीच छलफल जारी छ । […]
काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेसभित्र नेताहरुको भेटघाट बढेको छ। इतर समूहबाट साझा उम्मेदवार छान्न दौडधुप गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल भेटघाटकै क्रममा बुधबार बिहान कांँग्रेस भित्रको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलालाई फकाउन उनको धुम्बाराहीस्थित निवास पुगेका हुन् । वरिष्ठ नेता पौडेल र सिटौलाबीच करिब आधा घण्टा महाधिवेशन केन्द्रीत छलफल […]
काठमाडौं, नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । काँग्रेसले बुधबार विहान पार्टीको वेभसाइटमार्फत केन्द्रीय निर्वाचन समितिमा प्राप्त चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ गते अर्थात् शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
जनकपुरधाम, आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात सीताराम विवाहपञ्चमी। त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरमा आज हर्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ। प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा […]
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ। […]
काठमाडौं- प्रदेश अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसको संस्थापन इतर समूह समापति पदमा साझा उम्मेदवार तय गर्नका लागि छलफलमा छ। ६ वटा प्रदेशमा भएको अधिवेशनबाट २ वटा प्रदेशमा मात्र नेतृत्व लिन सफल भएपछि संस्थापन इतर पक्षमा निराशा बढेको हो। प्रदेश १ मा २ मतले मात्र पराजय भोगेका संस्थापन इतरका उम्मेदवार गुरुराज घिमिरेले आफूमाथि राजनीतिक हिंसा […]
काठमाडौं- काठमाडौं महानगरपालिकाले मङ्सिर २७, २८ र २९ गते २७औं महानगर दिवस मनाउने भएको छ। सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित महानगर दिवस मनाउन लागेको हो। दिवसका अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिने र १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले […]
काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्। देउवा निकट एक नेताका अनुसार बुधबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा पार्टीको आसन्न (१४औं) महाधिवेनमा पदाधिकारीका उम्मेदवारहरुको विषयमा छलफल हुने जनाइएको छ। हाम्रो (संस्थापन) पक्षबाट पदाधिकारीमा को–को उम्मेदवार हुन्छन् भनेर […]