Sajhamanch Archive

फेरि ओरालो लाग्यो नेप्से, ब्रोकर नै बजार घटाउने खेलमा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on फेरि ओरालो लाग्यो नेप्से, ब्रोकर नै बजार घटाउने खेलमा.

काठमाण्डौ । सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ। बजार आज ३७.१८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५०८.९० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.८५ अंकले घटेर ४७४.१३ को विन्दुमा झरेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। शाइन रेसुंगा डेभलमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट […]

एकैपटक स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on एकैपटक स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा.

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १,६१३ कर्मचारीको एकैपटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १,६१३ कर्मचारीको मंगलबार सरुवा गरेको हो । अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै आएका कर्मचारीले दिएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । ‘लोक सेवा आयोगबाट स्थानीय तहमा […]

ओलीलाई भेटेर बारले बुझायो प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन ज्ञापनपत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ओलीलाई भेटेर बारले बुझायो प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन ज्ञापनपत्र.

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सिर्जना गरेको […]

आयोगले सार्वजनिक गर्यो राष्ट्रियसभा निर्वाचन कार्यतालिका, दल दर्ता १-१० पुससम्म

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आयोगले सार्वजनिक गर्यो राष्ट्रियसभा निर्वाचन कार्यतालिका, दल दर्ता १-१० पुससम्म.

काठमाडौ, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि १-१० पुससम्म दर्ता गर्नुपर्ने छ । १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमा नाम […]

सभापतिको साझा उम्मेदवार तय गर्न ‘चाक्सीबारी बैठक’ सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापतिको साझा उम्मेदवार तय गर्न ‘चाक्सीबारी बैठक’ सुरु.

काठमाडौं– सभापतिमा साझा उम्मेदवार तय गर्न नेपाली कांँग्रेस संस्थापनइतरको बैठक सुरु भएको छ। नेता प्रकाशमान श्रेष्ठ निवास चाक्सीबारीमा संस्थापनइतरका नेताको बैठक सुरु भएको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै शेखर कोइराला, शशांक कोइराला, प्रकशमान सिंह तथा महेश आचार्यलगायत नेता सहभागी छन्। यसअघि सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षबाट साझा उम्मेदवार […]

राजसंस्थाको अजेण्डा बोक्न नैतिक संकट पर्यो : कमल थापा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राजसंस्थाको अजेण्डा बोक्न नैतिक संकट पर्यो : कमल थापा.

काठमाडौं,  राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको अजेण्डा बोकेर हिँड्न आफू नैतिक संकटमा परेको बताएका छन्। हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित थापाले निर्मल निवासको हस्तक्षपको कारण पराजित भएको बताउँदै आएका छन्। विज्ञप्ति जारी गर्दै उनले विस्तारपूर्वक धारणा राखेका हुन्। चुनावी राजनीतिभन्दा माथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं। […]

सुन्धारा, ठमेल र गौशालाका ८६ होटलमा राखिने भए कांग्रेस महाधिवेशन प्रतिनिधि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुन्धारा, ठमेल र गौशालाका ८६ होटलमा राखिने भए कांग्रेस महाधिवेशन प्रतिनिधि.

काठमाडौं, नेपाली कांँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय […]

विवाहपञ्चमी महोत्सव : आज पाचौँ दिन गंगासागर पोखरीमा मटकोर, भोलि जानकी मन्दिरमा वैवाहिक कार्यक्रम

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on विवाहपञ्चमी महोत्सव : आज पाचौँ दिन गंगासागर पोखरीमा मटकोर, भोलि जानकी मन्दिरमा वैवाहिक कार्यक्रम.

जनकपुरधाम, जनकपुरधाममा सप्ताहव्यापीरूपमा हर्षोउल्लासका साथ मनाइने विवाहपञ्चमी महोत्सवको पाँचौ दिन मंगलबार गंगासागर पोखरीमा मटकोर हुुँदैछ । त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको स्मृतिमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ । विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाचौँ दिन जानकीको मटकोर विधि हुनेछ । आज हुने मटकोर विधि गंगासागर पोखरीमा हुनेछ । हिजो चौथो दिन तिलकोत्सव विधि धुमधामका […]

सभापतिको साझा उम्मेदवार तय गर्न काँग्रेस संस्थापनइतरको केन्द्रीय सदस्यको बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापतिको साझा उम्मेदवार तय गर्न काँग्रेस संस्थापनइतरको केन्द्रीय सदस्यको बैठक बस्दै.

काठमाडौं– सभापतिमा साझा उम्मेदार बनाउने बारे नेपाली कांग्रेस संस्थापनइतर सहमति नजिक पुगेको छ। सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको शीर्षनेताहरुको बैठकमा साझा उम्मेदवार उठाउनेबारे सकारात्मक छलफल भएको एक नेताले बताए। बैठकले यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको उनले बताए। सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री […]

भृकुटीमण्डपमा सजाइँदै छ काँग्रेस महाधिबेशनका लागि सभा कक्ष

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on भृकुटीमण्डपमा सजाइँदै छ काँग्रेस महाधिबेशनका लागि सभा कक्ष.

काठमाडौँ, नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन सुरु गरिएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ । मञ्च व्यवस्थापन […]