Sajhamanch Archive

बैतडी दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on बैतडी दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो.

बैतडी, बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी […]

संघीयता र कोरोना महामारीले वित्तीय खर्च बढाएको विश्व बैंकको प्रतिवेदन

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on संघीयता र कोरोना महामारीले वित्तीय खर्च बढाएको विश्व बैंकको प्रतिवेदन.

काठमाडौं, नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि अझै काम गर्न जरुरी रहेको विश्व बैंकले औँल्याएको छ। सोमबार काठमाडौंमा सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर रिभ्यू अन फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट) प्रतिवेदनले वित्तीय स्थिरता र हरित, लचिलो र समावेशी विकासका लागि सहायताको आवश्यकता औँल्याएको छ। मुलुक संघीयतामा गएपछि खर्चको […]

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत अनुमोदित

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत अनुमोदित.

काठमाडौ, संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ। सोमबार बसेको समितिको बैठकले तीन देशका प्रस्तावित राजदूत क्रमशः शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मत अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। समितिले राजदूत सिफारिस समावेशी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ।

कांँग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा.

काठमाडौं, प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांँग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताएका हुन् । कांँग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर […]

ओमिक्रोन भेरियन्ट देखिएसँगै नेपालमा उच्च सतर्कता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on ओमिक्रोन भेरियन्ट देखिएसँगै नेपालमा उच्च सतर्कता.

काठमाडौं, नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए । उनका […]

विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न (तस्बिरसहित)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न (तस्बिरसहित).

जनकपुरधाम, साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा २५१ पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए । राम मन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवबीच सम्धी मिलन गरियो । […]

आफैंले मतदान नगर्दा घिमिरे पराजित भएपछि शेखरले मागे माफी

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आफैंले मतदान नगर्दा घिमिरे पराजित भएपछि शेखरले मागे माफी.

काठमाडौं– प्रदेश नम्बर एकको कांग्रेस सभापतिमा आफू निकट उम्मेदवार गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। मतदानस्थलमै उपस्थित भएर पनि शेखरसहित सुजाता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्। तीन नेताले मतदान नगरेको अवस्थामा घिमिरे दुई मतले पराजित भएका हुन्। सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता उद्धव थापा ८४४ […]

भारतले जित्यो न्यूजील्यान्डविरुद्धको टेस्ट सिरिज

Published: in खेलकुद, by . Leave a Comment on भारतले जित्यो न्यूजील्यान्डविरुद्धको टेस्ट सिरिज.

न्यूजील्यान्डविरुद्ध दुई खेलको टेस्ट सिरिज भारतले जितेको छ। पहिलो खेल बराबरी भएको टेस्ट सिरिजको दोस्रो खेलमा ३७२ रनको जित निकाल्दै भारतले सिरिजमा १–० को विजय हासिल गरेको हो। टस जितेर ब्याटिङ सुरु गरेको भारतका मयंक ग्रवालले पहिलो पारीमा १५० रन बनाएका थिए। जहाँ न्यूजील्यान्डका अजज पटेलले १० विकेट नै गिराएका थिए। त्यो पारीमा भारतले ३२५ […]

महाधिवेशन प्रतिनिधि हुनबाट ३२ जना बञ्चित

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महाधिवेशन प्रतिनिधि हुनबाट ३२ जना बञ्चित.

नेपाली कांँग्रेसको १६ जिल्लामा जिल्ला अधिवेशन नहुँदा ३२ जना महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित भएका छन् । उनीहरूमध्ये १६ जना अपांगता भएका र १६ जना दलित समुदायका हुन् । कांँग्रेसको संशोधित विधान २०७५ अनुसार जिल्ला अधिवेशन हुँदा प्रत्येक जिल्लाबाट एक जनाका दरले अपाङ्गता भएका व्यक्ति र दलित महाधिवेशन प्रतिनिधि छनोट हुनुपर्ने प्रावधान छ । अधिवेशन भएका […]

३२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

Published: in अर्थतन्त्र, by . Leave a Comment on ३२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार.

काठमाडौं, गत साताबाट लगातार ओरालो लागेको सेयर बजारमा आज सुधार आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार (आज) पुँजी बजार मापन परिसूचक नेप्से ३२.२२ अंकले बढेर २५४६.०९ विन्दूमा उक्लिएको छ। आइतबार नेप्से ७२.३० अंकले घटेर २५१३.८९ विन्दूमा ओर्लिएको थियो। आज कारोबार खुलेको केही समयसम्म उच्च अंकले घटेर २४४० विन्दूमा छोएको सेयर बजार फेरि बाउन्स ब्याक […]