Sajhamanch Archive

म्यानमारकी नेत्री सुकीलाई चार वर्षे जेल सजायको फैसला

Published: in विश्व समाचार, by . Leave a Comment on म्यानमारकी नेत्री सुकीलाई चार वर्षे जेल सजायको फैसला.

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरसविरुद्धको नियमहरु उल्लङ्घन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो । सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । […]

धनुषाबाहेकका जिल्लाबाट मतदाता नामावली नआएपछि काँग्रेस प्रदेश २ को अधिवेशन स्थागित

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on धनुषाबाहेकका जिल्लाबाट मतदाता नामावली नआएपछि काँग्रेस प्रदेश २ को अधिवेशन स्थागित.

जनकपुर, नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थागित गरिएको छ । सोमबार प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले अधिवेशन तत्कालका लागि स्थागित भएको जानकारी दिए । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका रिजालले धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको जानकारी दिए । काँग्रेसको १४ औं महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन […]

२३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु.

काठमाडौं,पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।८ प्रतिशत […]

नेपाल छिर्यो कोरोनाको ओमिक्रोन भेरिएन्टः दुईजना अस्पताल भर्ना, भारतमा २१ जना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on नेपाल छिर्यो कोरोनाको ओमिक्रोन भेरिएन्टः दुईजना अस्पताल भर्ना, भारतमा २१ जना संक्रमित.

काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित […]

नेपाली कांग्रेस महाधिवेशनः गुरु घिमिरे २ मतले प्रदेश १ सभापति हार्नुको रहस्य यस्तो पो !

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाली कांग्रेस महाधिवेशनः गुरु घिमिरे २ मतले प्रदेश १ सभापति हार्नुको रहस्य यस्तो पो !.

मोरङ । कांग्रेसको प्रदेश १ को अधिवेशनमा प्रभावशाली केन्द्रीय नेताहरूले नै मतदान नगरेको खुलेको छ । सभापतिमा नेता कृष्णप्रसाद सिटौलानिकट नेता उद्धव थापाले २ भोटले जितेका छन् । थापाले ८४४ मत पाएर विजयी भए । पराजित गुरुराज घिमिरेले ८४२ मत पाए । घिमिरे २ भोटले मात्रै पराजित भएपछि केन्द्रीय नेताहरूले नै मतदान नगरेको तथ्य बाहिरिएको […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ थालियो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ थालियो.

काठमाडौँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएस)को पठनपाठन आइतबारबाट सुरु भएको छ । यसै वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो । पहिलो पटक एमबीबीएससहित बीफार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको छ । आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्यापन गर्न २० जनाको कोटा […]

निजामती सेवामा तहगत प्रणालीको तयारी

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निजामती सेवामा तहगत प्रणालीको तयारी.

काठमाडौँ, सरकारले सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने तयारी गरेको छ । श्रेणीगत व्यवस्थालाई खारेज गर्दै सबै कर्मचारीलाई तहगत रूपमा रूपान्तरण गर्न लागिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी श्रेणीगत प्रणालीलाई खारेज गर्दै तहगत प्रणालीमा राख्ने गृहकार्य भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती […]

कांँग्रेस प्रदेश अधिवेशन : सभापतिमा संस्थापनकै वर्चस्व

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस प्रदेश अधिवेशन : सभापतिमा संस्थापनकै वर्चस्व.

काठमाडौं– प्रदेश २ बाहेक अन्यमा नेपाली कांँग्रेसको प्रदेश अधिवेशन सकिएको छ। अधिवेशनसँगै ती प्रदेशमा सभापतिको परिणामसमेत आइसकेको छ। परिणम अनुसार प्रदेश सभापतिमा समेत संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षको वर्चस्व रहेको छ। अधिवेशन भएको छ प्रदेशमध्ये गण्डकी र लुम्बिनीमा संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) को सभापति विजयी बनेका छन्। बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा […]

ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित.

काठमाडौं- २० महिना लामो अवधि कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किँदै गरेको अवस्थामा ओमिक्रोनका भेरियन्टका कारण फेरि प्रभावित हुन थालेको छ। ओमिक्रोनका कारण व्यवसाय लामो क्षेत्र गतिविधिविहीन बनेको पर्यटन क्षेत्रमा फेरि शिथिल हुने चिन्ता पर्यटन व्यवसायीमा देखिएको हो। ओमिक्रोन हालसम्म ३८ भन्दा बढी मुलुकमा फैलिइसकेको छ। नेपालमा पनि भित्रिने जोखिम बढेपछि सरकारले […]

लुम्बिनी कांग्रेस सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लुम्बिनी कांग्रेस सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी.

बुटवल, नेपाली कांँग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सम्पन्न भएको मतगणनामा पुनले ८५२ मत ल्याएर संस्थापन (शेरबहादुर देउवा) समूहका भरत कुमार शाहलाई पराजित गरेका हुन्। शाहले ७ सय ६७ मत ल्याएका छन्। पार्टी सभापति देउवासहित केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलगायत नेताहरू शाहलाई […]