नवलपुर, नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट […]
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन्। नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताएका हुन्। अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश […]
चितवन , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले चितवनमा गरेको महाधिवेशनलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्। शनिबार चितवनमा नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोह अध्यक्ष दाहालले एमाले सभामा सहभागी भएकाहरुले चितवन र भरतपुरको विकास हेरेर गएको बताए। पछिल्लो समय चितवन राजनीतिको पनि केन्द्र भएको भन्दै दाहालले एमाले महाधिवेशनलाई आफूलाई […]
काठमाडौ, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोडबराबरको प्राथमिक सेयर निष्काशनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ। उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्धसञ्चालक केशबबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्। उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ। […]
आज (शनिबार) देखि भारतमा विकसित जवाद नामको चक्रवातको प्रभाव नेपालमा पर्ने भएकाले सतर्कताका लागि मौसम पूर्वाुनमान महाशाखाले विशेष बुलेटिन जारी गरेको छ। अघि बिहान ७ बजे जारी विशेष बुलेटिनअनुसार बंगालको खाडीको मध्य–पश्चिम भूभागमा हिजो (शुक्रबार) जवाद नामको सामुद्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज बिहान भारतस्थित ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर उत्तर पूर्वतर्फ […]
काठमाडौँ, पछिल्लो समय निरन्तर घट्दो क्रममा रहेको वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्न सकेको छैन । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन कर्जा प्रवाहको तुलनामा निकै कम देखिएको छ । बैङ्कहरूले निक्षेप तान्न मङ्सिरदेखि ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा पनि निक्षेप सङ्कलन घट्ने क्रम रोकिएको छैन । नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार बैङ्कहरूको निक्षेप सङ्कलन […]
काठमाडौं, ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन्। आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो। कार्यक्रममा १६ जना प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थितमाझ आफ्नो परिचय जानकारी गराएका थिए। प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका […]
काठमाडौं– फिल्म निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। निर्माण गर्न लागेको चलचित्रको नाम नखुलाई ओझाले स्क्रिप्ट र गीतमा काम भइरहेको बताए। छविको चलचित्र ‘मंगलम’को ‘पर्खपर्ख मायालु’ बोलको गीत संगीतकार दीपक शर्माले कम्पोज गरेका थिए र गीत निकै हिट भएको थियो। ओझाको नयाँ फिल्ममा पनि संगीतकारका रुपमा […]
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ। भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुन लागेको हो। अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुले प्यानल नै खडा गरेका छन्। उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ […]
निर्मल अर्याल अन्य क्षेत्रझैँ नेपालको साङ्गीतिक इतिहास पनि खासै लामो छैन । २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि मात्र क्रमिक रूपमा नेपाली साङ्गीतिक क्षेत्रले ठोस लय समात्न थालेको पाइन्छ । प्रेमध्वज प्रधान, माणिकरत्नपछि नेपाली साङ्गीतिक दुनियाँमा एक तिलस्मी गायकले प्रवेश गर्नुभयो, जसले नेपाली सुगम सङ्गीतलाई विशिष्ट पहिचान दिलाउनुभयो । आजका दिनमा पनि नेपाली साङ्गीतिक जगत्कै […]