Sajhamanch Archive

एमाले अध्यक्ष ओलीले गरे पदबहाली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले अध्यक्ष ओलीले गरे पदबहाली.

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले पदबहाली गरेका छन्। केही दिनअघि चितवनमा सम्पन्न पार्टीको दसौं महाधिवेशनमा उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। ओलीले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्।

रेल विस्तारको कामले अब गति लिने

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रेल विस्तारको कामले अब गति लिने.

महोत्तरी, मङ्सिर १७ गते । लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा–५ स्थित बिजलपुरा रेल्वे स्टेशनबाट बर्दिवाससम्मको तेस्रो खण्डको काम पछिल्ला […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज.

काठमाडौं, मङ्सिर १७ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् । अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीण नेपालले जानकारी दिए । कोभिड–१९ सङ्क्रमण र निमोनिया भएपछि प्रधानन्यायाधीश जबरा मङ्सिर १३ गते अस्पताल भर्ना भएका थिए ।

माओवादी स्थायी कमिटी बैठकले दियो राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष दाहाललाई

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी स्थायी कमिटी बैठकले दियो राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष दाहाललाई.

काठमाडौं, मंसिर १७ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को पुस ११ गते काठमाडौंमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । हिजो बिहीबारदेखि जारी माओवादी केन्द्रको शुक्रबार विहान पनि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि छान्ने जिम्मा दाहाललाई दिइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]

पेट्रोल र डिजेलको भाउ घटाएर भारतले नयाँ मूल्यसूची पठायो, आयल निगमले भने नघटाउने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पेट्रोल र डिजेलको भाउ घटाएर भारतले नयाँ मूल्यसूची पठायो, आयल निगमले भने नघटाउने.

भारतीय आयल कर्पोरेसन (आईओसी) ले डिसेम्बर १ अर्थात मंसिर १५ गतेबाट लागू हुने गरी नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ। तर, निगमले भने घाटा नै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार नरहेको देखिएको छ। निगमका अनुसार डिसेम्बर १ मा आईओसीले पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५.६५ रुपैयाँ र डिजेल […]

नेप्सेको गम्भीर लापरबाही, वेबसाइटमा घन्टौँसम्म गलत तथ्यांक !

Published: in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on नेप्सेको गम्भीर लापरबाही, वेबसाइटमा घन्टौँसम्म गलत तथ्यांक !.

एकातिर सेयर बजार निरन्तर ओरालो लागेर लगानीकर्ताहरु निराशसँगै अन्यौलमा परेका छन्। अर्कोतिर सेयर बजार नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रविधिले धोका दिँदा लगानीकर्ता थप प्रताडित बन्न पुगेका छन्। नेप्सेको प्रणालीमा देखिने समस्याले आमलगानीकर्तामात्र होइन सेयर बजारको गतिविधि नजिकबाट नियाल्नेहरु पनि हैरान हुन थालेका छन्। प्रविधिको यत्रो विकास भइसक्दा पनि बजारको प्रत्यक्ष कारोबारसँगै विभिन्न कम्पनीका […]

काँग्रेसको प्रदेश २ बाहेक छ वटा प्रदेशमा अधिवेशन जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by . Leave a Comment on काँग्रेसको प्रदेश २ बाहेक छ वटा प्रदेशमा अधिवेशन जारी.

काठमाडौं, मंसिर १७ गते , सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप हिजो बिहीबार देशका सात वटै प्रदेश अधिवेशन सुरु हुने भनिए पनि प्रदेश नम्बर २ मा प्रक्रिया अघि बढ्न सकेको छैन । हिजो छ वटा प्रदेशको मतदाता […]

तस्बिरमा पशुपति क्षेत्रमा शतबीज छरिदै

Published: (Updated: ) in समाज, by . Leave a Comment on तस्बिरमा पशुपति क्षेत्रमा शतबीज छरिदै.

काठमाडौं, मङ्सिर १७ गते । बालाचतुर्दशी पर्वका दिन आज बिहानै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेको छ । फोटो गोरखापत्र अनलाइनबाट

सिम्रिक साकोसको सेवाकेन्द्रगत साधारणसभा धमाधम

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको सेवाकेन्द्रगत साधारणसभा धमाधम.

झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्रगत साधारणसभा मंसीर १४ गतेदेखि धमाधम भइरहेको छ । झापाका सवै पालिकाहरु, इलामका ४ वटा र मोरङका ३ वटा पालिकामा सेवाकेन्द्र रहेको सिम्रिक साकोसले ३० स्थानमा सेवाकेन्द्रगत साधारणसभा सञ्चालन गर्दै आएको छ । दैनिक ६ वटा सेवा केन्द्रको […]

नयाँदिल्लीका सबै विद्यालय भोलिदेखि बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on नयाँदिल्लीका सबै विद्यालय भोलिदेखि बन्द.

नयाँदिल्ली। संघीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन् । दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि भोलि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिनेछ’, रायलाई उदृत गर्दै भारतीय […]