काठमाडौ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएयता पहिलोपटक आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो। गत आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी अनुमोदन गरेको हो। त्यसपछि स्थगित संसद् बैठक आज बस्न लागेको हो। आजको बैठकमा हुने कार्यक्रमको […]
काठमाडौ, रुस–युक्रेन युद्धबाट प्रभावित ३३२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्। प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेको जानकारी दिए। समितिका अनुसार मंगलबारसम्ममा २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना […]
एजेन्सी, युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्। ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन्। नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्। मंगलबार दिउँसो ४ बजे हात्तीवन पुगेका दाहाल र श्रेष्ठबीच आधा घण्टा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। दुई नेताबीच छलफल भएको विषय भने थाहा हुन सकेको छैन। तर, एमसीसीको विषयमा दुई नेताबीच विवाद बढेको सार्वजनिक भइसकेको विषय […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप एक सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार छ हजार पाँच सय चार जनामा परीक्षण गर्दा एक सय ५८ जनामा पुष्टि भएको हो। कोरोना निको भएर थप तीन सय ५४ जना डिस्चार्ज भएका छन्। मंगलबार देशभर सक्रिय संक्रमितको संख्या सात हजार […]
काठमाडौं- नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेको छ। मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको बताएको हो। एमालेले एमसीसीलाई विवादित बनाउनेक कार्य गरेको आरोप […]
काठमाडौँ, महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रम गरी मनाइयो नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो […]
काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भएको जनाएको छ। एमसीसी पास भएको दुई दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीले यसो भनेका हुन्। अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ। यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको […]
काठमाडौँ- सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । […]
काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ओलीले दिउँसो १ बजे तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। एमाले प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको चुनावलगायत विषयमा विचार व्यक्त गर्न पत्रकार सम्मेलन गर्न लागेको बताएका छन्। प्रतिनिधिसभाबाट अनुमोदित एमसीसीका […]