Sajhamanch Archive

एमसीसी मुख्यालयले व्याख्यात्मक घोषणालाई मान्यता दिन्छ, अमेरिका सकारात्मक छः खड्गबहादुर विष्ट (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसी मुख्यालयले व्याख्यात्मक घोषणालाई मान्यता दिन्छ, अमेरिका सकारात्मक छः खड्गबहादुर विष्ट (अन्तर्वार्ता).

दलहरु बीचको लामो माथापच्चीपछि आइतबार साँझ प्रतिनिधिसभाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अनुमोदन गरेको छ। सत्तारुढ दलहरूबीचको सहमतिमा एमसीसी नेपाल कम्प्याक्टका विवादित प्रावधानबारे सरकार र संसदले १२ बुँदे व्याख्यात्मक घोषणा गरेसँगै संसदीय अनुमोदन संभव भएको हो। संसदबाट अनुमोदन भएसँगै एमसीसी सम्झौताको वास्तविक कार्यान्वयनको बाटो खुलेको छ। सन् २०१७ मा नेपाल र […]

एमसिसीमा देउवाको रणनीति सफल, गलाए दाहाल नेपाल, फकाए ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग, by . Leave a Comment on एमसिसीमा देउवाको रणनीति सफल, गलाए दाहाल नेपाल, फकाए ओली.

काठमाडौ, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सम्बन्धी सम्झौता आइतबार प्रतिनिधिसभाको बैठकबाट अनुमोदित भएको छ । एमसीसी अनुमोदन भएसँगै अब अमेरिकी अनुदान ५० करोड डलर कार्यान्वयनमा आउने भएको छ । पछिल्ला केही महिना नेपाली राजनीतिको हटकेक बनेको थियो, एमसीसी । एमसिसीको पक्ष र विपक्षमा सांसददेखि देशका बुद्धिजीवी तथा पूर्वकर्मचारीहरुले फरक फरक मत दिइरहेका थिए । […]

स्थानीय चुनावका लागि ८० दलले दिए निवेदन

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय चुनावका लागि ८० दलले दिए निवेदन.

काठमाडौं- स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोगका अनुसार दल दर्ताका लागि तोकिएको अवधिभित्र ८० दलले दर्ताका लागि निवेदन दिएका हुन्। आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन.

काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा २६ लाख आवेदन परेको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्म २५ लाख ९९ हजार ५९८ आवेदनबाट तीन अर्ब बढीको सेयर माग भएको हो। कम्पनीको सेयरमा करिब २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन सकियो, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थालिने

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन सकियो, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थालिने.

भैरहवा- भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ। योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेसन उडान गरेको हो। क्यालिब्रेसन उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक […]

राजधानी काठमाडौंमा देखियो बन्दको प्रभाव, सडकमा न्यून मात्रामा सवारी, मानिसको आवागमन निकै पातलो

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राजधानी काठमाडौंमा देखियो बन्दको प्रभाव, सडकमा न्यून मात्रामा सवारी, मानिसको आवागमन निकै पातलो.

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्। जसको प्रभाव काठमाडौं उपत्यकामा बिहानै देखिएको छ। सडकमा न्यून मात्रामा सवारी चलेका छन्। मानिसको आवागमन निकै पातलो देखिन्छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भने पनि चहलपहल भने निकै घटेको छ। विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम […]

साताको पहिलो कारोबार दिन ७.७३ अंकले घट्यो नेप्से, कारोबार तीन अर्बको

Published: in अर्थतन्त्र, by . Leave a Comment on साताको पहिलो कारोबार दिन ७.७३ अंकले घट्यो नेप्से, कारोबार तीन अर्बको.

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आज सेयर बजार मापक परिसूचक ७.७३ अंकले घटेको छ। गत साता समग्र नेप्से सूचक २.५० प्रतिशतले घटेको थियो। आज नेप्से ७.७३ अंकले घटेर २६५३.७० बिन्दूमा झरेको छ। यसैगरी आज तीन अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका […]

२४ घण्टामा १११ कोरोना संक्रमित थपिए, १ को मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा १११ कोरोना संक्रमित थपिए, १ को मृत्यु.

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १११ जनामा कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। सोही अवधिमा ४१५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। हाल नेपालमा ८ हजार ५१७ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याँक छ। शनिबार देशभर १५५ […]

सार्वजनिक भयो एमसीसी आजै अनुमोदन गर्ने कार्यसूची

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सार्वजनिक भयो एमसीसी आजै अनुमोदन गर्ने कार्यसूची.

काठमाडौ, सरकारले अहिले साँझ साढे ६ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनका लागि पेस गर्ने भएको छ। त्यसका लागि संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ। यसअघि आजै दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसीबारे सामान्य छलफल बहुमतले स्वीकृत गरिसकेको छ।

एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन.

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा संसद् भवन वरपर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका छन्। उता सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनमा एमसीसी अनुमोदन […]