Sajhamanch Archive

साइबर सेक्युरिटी ल्याब बनाउँदै सरकार, पहिलो चरणमा छानिए ४ कम्पनी

Published: in टिप्स/जानकारी, विविधा, by . Leave a Comment on साइबर सेक्युरिटी ल्याब बनाउँदै सरकार, पहिलो चरणमा छानिए ४ कम्पनी.

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि ल्याब स्थापना गर्ने भएको छ । त्यसका लागि पहिलो चरणमा चार कम्पनी छनोट भएका छन् । छनोट हुनेमा भारतको महिपालपुरमा रहेको अन्स्ट एण्ड योङ एलएलपी, नेपालको सुबिसु केबलनेट लिमिटेड, पोल्याण्डको पेन्टाकम्पी सिस्टम इन्फरम्याटिज्नी र भारतको फ्यालकन राकोमको जेभी रहेको छ । […]

साना किसानलाई कृषि कर्जा लिन सधैं सकस

Published: in अर्थतन्त्र, by . Leave a Comment on साना किसानलाई कृषि कर्जा लिन सधैं सकस.

सुनसरी, चार हेक्टर जमीनमा तरकारी र फलफूल खेती गर्न आवश्यक लगानी नपुगेपछि सुनसरीको गढी– ३ छिटाहाका अगुवा कृषक भुवनेश्वर यादवले कृषि कर्जा लिने योजना बनाए । सोही योजनाअनुसार उनी आफ्नै गाउँनजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि गए । ‘तरकारी र फलफूल खेतीलाई आधुनिकीकरण गर्न १ करोड रुपैयाँ कर्जा लिन खोजेको थिएँ,’ उनले भने, ‘तर, […]

अत्यावश्यक दूरसञ्चार सेवामा अत्यधिक कर

Published: in अर्थतन्त्र, by . Leave a Comment on अत्यावश्यक दूरसञ्चार सेवामा अत्यधिक कर.

काठमाडौं । सरकारले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेको भएपनि यसमा लगाइने कर भने अत्यधिक भएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजित नेपालमा डेटा/इन्टरनेट शुल्क न्यूनीकरणका अवरोध विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले अत्यधिक कर पनि मूल्य न्यूनीकरणको लागि अवरोधक भएको विचार व्यक्त गरे । अन्तर्क्रिया कार्यक्रममा बोल्दै दूरसञ्चार सेवा […]

चितवनमा व्यवसाय बोर्डको कर नलाग्ने

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on चितवनमा व्यवसाय बोर्डको कर नलाग्ने.

चितवन, चितवनको भरतपुर महानगरले ब्यावसायको प्रयोजनका लागि राखिएको बोर्डको कर नलिने भएको छ । केहि दिन अगाडी भरतपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै महानगर भित्र व्यवसाय गर्ने व्यवसायी, उद्योगी तथा विज्ञापन एजेन्सीहरुलाई लक्षित गर्दै विज्ञापन कर उठाउन कुनै एक प्राइभेट कम्पनीलाई ठेक्का दिएको जनाएको थियो । उक्त विज्ञप्ति पश्चात् यस नगरका व्यवसायीहरु महानगरको यो कदम […]

ग्रीन भेन्चर्सको आईपीओ आजदेखि

Published: in अर्थतन्त्र, by . Leave a Comment on ग्रीन भेन्चर्सको आईपीओ आजदेखि.

काठमाडौं– ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज (चैत ८ गते) देखि निष्कासन हुँदै छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। निष्कासन गरिएको कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ।सर्वसाधारणले […]

अभिनेत्री करिष्मा र पूर्वमन्त्री सिंह आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले पार्टी कार्यालयमा स्वागत गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अभिनेत्री करिष्मा र पूर्वमन्त्री सिंह आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले पार्टी कार्यालयमा स्वागत गर्ने.

काठमाडौं– अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन्। पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो। दिउँसो १ बजे पार्टी कार्यालयमा एकसमारोहका बीच एमाले अध्यक्ष केपी ओलीले उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। सिंह २०७३ सालमा खानेपानी मन्त्री भएका […]

पार्र्टीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पार्र्टीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : अध्यक्ष नेपाल.

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचार सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा […]

नेपालमा वाम नै छैनन्, किन एकता, दाहाल- नेपालले झ्याल-ढोका फोडेर गए : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपालमा वाम नै छैनन्, किन एकता, दाहाल- नेपालले झ्याल-ढोका फोडेर गए : अध्यक्ष ओली.

काठमाडौ,  नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालै अन्य वाम घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। सोमबार बसेको पार्टी पोलिटब्युरो बैठकमा बोलेका २१ जना नेताहरुलाई जवाफ दिने क्रममा ओलीले अहिलेको अवस्थामा पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता हुनै नसक्ने बताएका छन्। कार्की पार्टी प्यालेस बबरमहलमा बसेको पोलिटब्यूरो बैठकमा स्थायी […]

आइसिसी विश्कप लिग–२ः युएईसँग नेपालको फराकिलो हार

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on आइसिसी विश्कप लिग–२ः युएईसँग नेपालको फराकिलो हार.

काठमाडौ, आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ । नेपालले घरेलु टोली युएईसँग ९९ रनको फराकिलो हार बेहोरेको हो । २०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ओभर सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । ६५ बलको सामना गरेका […]

पुन: उम्मेदवार हुन राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट दर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पुन: उम्मेदवार हुन राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट दर्ता.

काठमाडौं– निर्वाचित जनप्रतिनिधिले फेरि उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन्। सर्वोच्चले उनको रिट सोमबार दर्ता गरेको छ। केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलक्षित […]