काठमाडौं– नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरेको हो। बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अब आफूहरूले व्याख्यात्मक घोषणासहितको अनुमोदनको पक्षमा निर्णय गरेको बताइन्। एमसीसी सम्झौतालाई आजै प्रतिनिधिसभाबाट अनुमोदन गराउने तयारी छ। […]
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ। आइतबार बिहान अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सहभागी बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो। यसअघि जसपा कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा निर्णय गर्न नसक्दा शीर्ष नेतालाई जिम्मा दिएको थियो। आइतबार तीन […]
काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँ कायम भएको छ। गतशुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको थियो। […]
तनहूँ– बलात्कारको आरोप लागेका चलचित्र अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। एक नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको जाहेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहूँमा उपस्थित भएका हुन्। शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहूँमा बुधबार बलात्कारको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहूँले शाहको खोजीका लागि प्रहरी प्रधान […]
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध कायमै राख्ने भएको छ। सत्तारुढ गठबन्धनले आज (आइतबार) बस्ने प्रतिनिधिसभामा बैठकबाट एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको अवस्थामा एमालेले भने संसद् जारी अवरोध कायम राख्ने भएको हो। सत्ता गठबन्धन दलहरुबीच व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ। आजको बैठकमा नेकपा एमालेले पूर्ववत रुपमा आफूहरुको […]
काठमाडौ, नाबालिग किशोरीमाथि करणी गरेको आरोप लागेका अभिनेता पल शाह आफैं प्रहरीकहाँ जाने भएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यो जानकारी दिएका छन् । गत बुधबार शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी परेको थियो । त्यसपछि प्रहरीले उनलाई खोज्दै आएको छ । तर, उनी अहिलेसम्म फरार छन् । सामाजिक सन्जाल […]
काठमाडौ, सत्ता गठबन्धनको आइतवार बसेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न सहमति गरेको छ। यो सहमतिसँगै आइतवार बस्ने संसद बैठकबाट एमसीसी सम्झौतालाई पारित गरिने नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। उनका अनुसार आइतवार दोस्रो पटक बस्ने संसद बैठकबाट पारित गरिने सहमति गठबन्धनमा भएको छ। एमसीसी पास गर्न गठबन्धनको साथ नपाएपछि […]
काठमाडौ, नेकपा माओवादी केन्द्रमा एमसीसी परियोजना स्वीकार गर्ने विषयमा पाँच नेताले असहमति राखेका छन्। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसीसी परियोजनालाई स्वीकार गर्ने अध्यक्ष पुस्पकमल दाहालको प्रस्तावमा असहमति जनाएका छन्। उनीहरुबीच अहिले छुट्टै छलफल भइरहेको एक नेताले बताए। आइतबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठकले एमसीसीमा […]
एजेन्सी, रुसी आक्रमणले युक्रेनमा इन्टरनेट सेवामा समस्या निम्त्याएको छ। यस्तो अवस्थामा एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरिदिएका छन्। युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्विटरमा ट्याग गर्दै देशमा स्टारलिंक स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए। उनले लेखेका थिए, ‘एलोन मस्क, तपाइँ मंगल ग्रहमा मानिस बसाउन खोज्दै हुनुहुन्छ, रुसले युक्रेनलाई कब्जा गर्न खोजिरहेको छ ! […]
एजेन्सी, रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ। अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेको हो। रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्। उनले रुसी बैंकहरुलाई स्विफ्टबाट […]