Sajhamanch Archive

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन.

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम रहेको छ। संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। संस्थाले १०० अंकित दरका कुल […]

एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै.

काठमाडौं, सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ। त्यसअघि एमसीसीमा साझा धारणा बनाउन सत्ता गठबन्धन छलफलमा जुट्ने भएका हुन्। आजको संसद् बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची रहेको छ। संसदमा पेस भएको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक बस्न लागेको […]

प्रधानमन्त्री देउवाले बोलाए कांँग्रेस शीर्ष नेताको बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवाले बोलाए कांँग्रेस शीर्ष नेताको बैठक.

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोाइएको बालुवाछार स्रोतले जनाएको छ। बैठक बिहान ९ बजेबजेपछि सुरु हुनेछ। बैठकमा एमीसीका विषयमा गए राति बनेको सहमतिलाई अन्तिम रूप दिनेबारे छलफल हुने स्रोतको भनाइ छ। एमसीसीका विषयमा सहमति जुटाउन भन्दै अन्य दलका नेताहरुसँग विभिन्न चरणको छलफलमा जुटेका महामन्त्री गगन […]

एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत, औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत, औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने.

काठमाडौ, अन्ततः सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्न सहमत भएका छन्। तर, त्यसको औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने भएका छन्। संसदमा टेबल एमसीसीमा छलफल थाल्न अर्थात् अनुमोदन प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि गत बिहीबार […]

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक.

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। सापकाटाले आइतबार बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। आइतबार दिउँसो १ बजेका आह्वान गरिएको प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। बैठकले […]

एमसीसीबारे निर्णय लिन माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे निर्णय लिन माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक.

काठमाडौं, एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्ने तय भएको छ। बैठकमा एमसीसीबारे छलफल बताइएको छ। यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीको बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ। माओवादी […]

अधिकांश टेस्टट्युब बेबी सेवा इजाजत नै नलिइ सञ्चालनमा, प्रसूति गृह र नर्भिकको मात्र संचालन इजाजत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on अधिकांश टेस्टट्युब बेबी सेवा इजाजत नै नलिइ सञ्चालनमा, प्रसूति गृह र नर्भिकको मात्र संचालन इजाजत.

काठमाडौं, नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) प्रदायक संस्था इजाजत नै नलिइ सञ्चालनमा रहेको तथ्य फेला परेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार सञ्चालनमा छन्। जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य […]

रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने.

काठमाडौ, रोयल इन्फिल्डले मार्चको पहिलो हप्तामा आफ्नो आगामी स्क्राम ४११ बाइक लन्च गर्ने तयारी गरेको छ । यद्यपि कम्पनीले यसको औपचारिक घोषणा भने गरेको छैन । रोयल इन्फिल्ड स्क्राम ४११ को मूल्य लगभग १ लाख ७५ हजार भारु अनुमान गरिएको छ । लन्चिङ पछि सो बाइकले भारतमा होन्डा सीबी३५०आरएस, हस्कभर्ना स्टार्भपिलेन २५० र यज्दी स्क्राम्बलरसँग […]

काँग्रेस र एमालेको बालकोटको आजको छलफलबाट पनि निस्किएन निस्कर्ष

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेस र एमालेको बालकोटको आजको छलफलबाट पनि निस्किएन निस्कर्ष.

काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीचको छलफल सकिएको छ। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफल भर्खरै सकिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको अवरोध र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्दै बैठक सकिएको हो। लामो समय छलफल भए पनि निष्कर्षमा […]

२ जनाको मृत्यु हुँदा थपिए १५५ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २ जनाको मृत्यु हुँदा थपिए १५५ जना कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । […]