काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि प्रतिनिधि सभामा जारी प्रमुख प्रतिपक्षी एमालेको अवरोध खुलाउन फेरि एमाले अध्यक्ष केपी ओलीको निवास प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट लागेका छन्। गतभदौ २३ गतेदेखि प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको […]
काठमाडौ, बलात्कारको किटानी जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले बोलाएको छ । पलको अभिनय रहेको ‘ए मेरो हजुर २’ फिल्मका निर्देशक थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको हो । तनहूँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी परेपछि पल फरार छन् । पलको खोजीको क्रममा प्रहरीले सोधपुछका लागि थापालाई बोलाएको महानगरीय […]
काठमाडौ, सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । […]
काठमाडौ, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले […]
सुर्खेत, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणका सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् । देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ […]
हेटौंडा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालको पार्टीको नाम झारपात पार्टी हुनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । शनिबार हेटौँडामा आयोजित नेपाल खेलकुद महासंघ बागमती प्रदेशको प्रथम अधिवेशन समारोहलाई सम्बोधन गर्ने क्रममा नेता बाँस्कोटाले नेपालको पार्टी नेकपा एकीकृत समाजवादीतिर इंगित गर्दै नयाँ पार्टीको नाम झारपात हुनुपर्ने बताए । एक रहेको पार्टी फुटाएर […]
एजेन्सी, रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनीमा नाम नलिए पनि उसले अमेरिकाप्रति संकेत गरेको देखिन्छ । युक्रेनको राजधानी किभमा हिजो राति किभका धेरै ठाउँमा […]
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले प्रतिगनकारी भनेको र भण्डाफोर गरेको शक्ति नै पुनः हाबी हुने सम्भावना दर्शाएका छन्। नेपाल दलित मुक्ति मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले कसैको नाम त लिएनन् तर एमाले र कांग्रेसबीच बन्न आँटेको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे। हामीले गठबन्धन बनाउँदा भनेका थियौँ, यो संविधान, लोकतन्त्र र […]
तनहुँ, नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले चीनको इसारामा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एमसीसीको विपक्षमा उभिएको आरोप लगाएका छन्। उनले यसअघि नेपालका कम्युनिस्ट नेताहरु एमसीसीको पक्षमा रहेको भए पनि पछिल्लो समय चीनको इसारामा विपक्षमा उभिएको आरोप लगाएका हुन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै उनले एमसीसी नेपालको हितमा […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीको सन्दर्भमा नेकपा एमाले देश र जनताको हितभन्दा पर नजाने बताएका छन्। शनिबार एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोबन गर्दै उनले एमाले हल्लाबाट निर्देशित नहुने बताए। आफूहरु तथ्यबाट निर्देशित हुने उनको भनाइ थियो। उनले एमसीसीलाई सट्याकसुटुक नभएर जनतालाई बताएर कार्यान्वयन गर्ने उद्देश्यले प्रतिनिधिसभाबाट अनुमोदन गर्न खोजेको बताए। ओली […]