Sajhamanch Archive

एमसीसी प्रस्तावमाथि आज संसदमा छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी प्रस्तावमाथि आज संसदमा छलफल.

काठमाडौं-  प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीमाथि आजदेखि छलफल सुरु हुने भएको छ। आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले जनाइसकेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्‍मा प्रस्ताव पेस गरेसँगै त्यसमाथि छलफल सुरु हुने भएको हो। एमसीसी ८ फागुनमा सदनमा टेबुल भइसकेको छ। यसैबीच सभामुख अग्निप्रसाद […]

समीक्षाले दिइन पल शाहविरुद्ध बलात्कारको उजुरी

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on समीक्षाले दिइन पल शाहविरुद्ध बलात्कारको उजुरी.

तनहूँ– अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशोरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ। १७ वर्षीया किशोरीलाई पलले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षको आरोप छ। पछिल्लो केही दिनयता मनोरञ्जन वृत्तमा पलसँग एक गायिकाको विवाद चर्चामा थियो। तर, विवादको अन्तर्य खुलेको थिएन। जब पलले ती गायिकालाई यौन शोषण गरेको पुष्टि […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओ पहिलो दिनै १० गुणा बढीले ओभरसब्सक्राइब्ड

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओ पहिलो दिनै १० गुणा बढीले ओभरसब्सक्राइब्ड.

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ पहिलो दिन नै १० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। संस्थाले आज फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले […]

एमसीसीले पाँच दलीय गठबन्धन संकटमा, एमालेसँग सहकार्य गरेर एमसीसी पास गराउने पक्षमा प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीले पाँच दलीय गठबन्धन संकटमा, एमालेसँग सहकार्य गरेर एमसीसी पास गराउने पक्षमा प्रधानमन्त्री.

काठमाडौ, अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भइसकेपछि भोलि (१२ फागुन)मा पहिलोपटक संसद बैठक बस्दैछ । भोलिकै बैठकबाट थप प्रक्रिया पूरा गरेर संसदबाट पारित गर्ने पक्षमा पुगेका छन्, प्रधानमन्त्री शेरबहादुर देउवा । तर, सत्तारुढ दलभित्रै एमसीसीबारे धारणा विभाजित हुँदा प्रधानमन्त्रीलाई भने सकस परेको छ । बरु, सत्ता गठबन्धन तोडेरै भएपछि प्रमुख प्रतिपक्षीसँग सहकार्य गरेर एमसिसी संसदबाट […]

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु हुँदा थपिए ३ सय १२ जना नयाँ कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु हुँदा थपिए ३ सय १२ जना नयाँ कोरोना संक्रमित.

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन गरि ८ हजार ६९३ परीक्षणका क्रममा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणबाट २ […]

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने.

काठमाडौं-  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने भएको छ। बालकुमारीमा जारी पार्टीको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता केशव झाले जानकारी दिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसअघि नै पक्षमा मतदान गर्ने संकेत गरेको थियो। बुधबार बसेको बैठकले औपचारिक रुपमा निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्।

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष दाहाल.

काठमाडौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। राजनीतिक परिवर्तनलाई कमजोर पार्ने खतरा बढिरहेको पनि उनले बताएका छन्। उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने सत्य नभएको स्पष्ट पारे। माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरी फर्किने क्रममा न्यूज […]

साताको चौथो दिन १५.५० अंकले घट्यो सेयर बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको चौथो दिन १५.५० अंकले घट्यो सेयर बजार.

काठमाडौं-  साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ। अघिल्लो दुई कारोबार सामान्य बढेको सेयर बजार आज भने १५.५० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। आज सेयर बजार मापन परिसूचक नेप्से १५.५० अंक्ले घटेर २७२०.४३ बिन्दूमा झरेको छ। अघिल्ला कारोबार दिन सोमबार र मंगलबार नेप्से सूचक क्रमशः २५.४१ अंक १७.४२ अंक […]

कांँग्रेसले भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांँसदलाई जारी गर्यो सर्कुलर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांँसदलाई जारी गर्यो सर्कुलर.

काठममाडौ, नेपाली कांँग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांँसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । उनले भोलिको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक […]

एमसीसी बारे रणनीति बनाउन एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी बारे रणनीति बनाउन एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै.

काठमाडौ, नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । […]