ब्रासिलिया, ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ८५ जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । यस क्षेत्रमा […]
काठमाडौं– रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ। ‘त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश […]
काठमाडौं– गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गर्ने विषयमा छलफल गर्न खाण बालकोट पुगेका हुन्। भेटमा सत्ता […]
काठमाडौं। नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को नवौं बैठक आज (बुधबार) काठमाडौँमा सुरु हुँदैछ। नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ। समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन। निर्देशक समिति […]
काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । हिजो नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका देउवा आज बिहान दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् । दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ । संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) अहिले सत्तारूढ दलहरूबीच किचलो बनेको छ […]
काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गरेका छन्। मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले उनले यस्तो प्रस्ताव गरेका हुन्। ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो,’ उनले भनेका छन्, अब अर्को बाटो छैन।’ उनले ट्विटरमार्फत एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने […]
काठमाडौ, चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार […]
काठमाडौँ, नेपाल आईसीसी टी-२० वरीयतामा दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान खस्किएर १५औँ स्थानमा छ । यसअघि नेपाल १३औँ स्थानमा थियो । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेलको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरीयता खस्किएको हो । वरीयतामा नेपाल पछिल्ले दुई […]
काठमाडौं- नेष्डो समृद्धि लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन […]
काठमाडौं-वरिष्ठ लोक सर्जक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको बुधबार बिहान निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए। पछिल्लो समय चलचित्र र टेलिसिरियलमा समेत अभिनयमा व्यस्त रहेका लामाले गाएका ‘कलकत्ते काइँयो, केश मेरो बाङ्गो’ लगायतका गीत चर्चित छन्। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ बोलको गीत उनको […]