काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका छन्। सोमबार काठमाडौंमा सुरु भएको एमाले पोलिटब्यूरो बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने समेत उल्लेख गरे। बैठकमा सहभागी एक नेताका अनुसार भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन […]
काठमाडौ, सेयरबजारमा आज हरियाली छाए पनि कारोबार भने बढ्न सकेको छैन्। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १७.९९ अंकले र सेन्सिटिभ सूचक १.८८ अंकले बढेको हो। आज २ सय ३१ वटा सेयर कारोबारमा सामेल भए पनि ५१ लाख ८९ हजार कित्ता सेयर मात्रै बिक्री भएको छ। दिनभरिमा ३७ हजार ९ सय ३९ पटकको खरिदबिक्रीपछि […]
काठमाडौ, नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका वीरगञ्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। अनौपचारिक रुपमा एमालेमा पुगिसकेका उनी केही औपचारिक कार्यक्रमसहित प्रवेश गर्ने तयारी गरिरहेका बेला मेयर विजय सरावगी एमाले प्रवेश गरेका थिए। सरावगी एमाले प्रवेश गरेपछि सिंहले आफूले त्यहीँ बस्न नसक्ने भन्दै फेसबुकमार्फत् आमजनको धारणा मागेका थिए। जसपाबाट जितेका […]
काठमाडौ, चालू आर्थिक वर्षको आठ महिनामा नेपालको आयात, निर्यात तथा व्यापारघाटा बढेको छ। भन्सार विभागको ताजा तथ्यांकअनुसार आयात ३८.६४ प्रतिशत, निर्यात ८२.९० प्रतिशत र व्यापार घाटा ३४.५० प्रतिशतले बढेको देखिएको हो। विभागका अनुसार आठ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरी नेपालले १ खर्ब ४७ अर्ब ७४ […]
विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको देउवाको भनाइ थियो। निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको बताउँदै उनले सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र भएको बताए। उनले स्थानीय तहले जनताको […]
एजेन्सी, चीनमा केही बेरअघि यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार केही बेरअघि एउटा यात्रुवाहक दुर्घटना भएको हो। समाचार अनुसार चाइना इस्टर्न एयरलाइन्सको जहाज १३३ यात्रुसहित कुङमिङबाट ग्वान्झाऊ जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आगो लागेको देखिएको छ।
काठमाडौ, सत्ता गठबन्धनमा चुनावी तालमेल हुने कि नहुने भन्ने द्विविधा कायम रहेका बेला नेकपा माओवादी केन्द्रले यस विषयमा तीन बुँदे निर्देशन तल्लो तहमा पठाएको छ। सो पार्टीले सकेसम्म एक्लै चुनाव जित्ने नभए अन्य दलसँग मिलेर लड्न तल्लो कमिटीलाई निर्देशन दिएको हो। सत्ता साझेदार नेपाली कांँग्रेसले गठबन्धनको बारेमा निर्णय गर्न ढिलाइ गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले […]
लेटाङ, मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ नम्बर […]
कनठमाडौ, नेपाली कांँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुसँग सर्तसहित चुनावी तालमेल गर्ने तयारी गरेको छ। वैशाख ३० गते हुने निर्वाचनमा कांँग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्न नपाउने सर्तसहित सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने भएको हो। ‘चैत ११ गते हाम्रो केन्द्रीय समिति बैठक बस्दैछ। बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गर्छ,’ […]
काठमाडौ, साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दूमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ । आइतबार कारोबारमा आएका २२४ कम्पनीको […]