काठमाडौं, मातृभाषा वक्ताहरुको संख्या दिनानुदिन घट्दो क्रममा पुगेपछि संरक्षणका लागि प्रत्येक स्थानीयतहसम्म पुगेर प्रशिक्षण र अभिलेखिकरणमा जोड दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । भाषाको पहिचान बढ्दै गए पनि वक्ताको संख्या भने न्युन रहेपछि यसको संरक्षणमा पहल थाल्नुपर्ने भएको छ । नेपालमा १०४ वटा भाषा बोल्नेको संख्या ४.०९ प्रतिशत जनसंख्या रहेको छ भने ९५.९१ प्रतिशतले १९ […]
काठमाडौं, नेपाल बार एशोसिएसनले चैत १९ गते निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ चुनाव हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार चुनावमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने, […]
काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्। अध्यक्ष दाहालले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक […]
काठमाडौं– पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन्। पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्रांगणमा आइतबार आयोजित १७औं दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण ती विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ। दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर पार्टीभित्रै फरक मत र विवाद देखिएपछि केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एसको शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको छ । सम्मानित […]
काठमाडौं, सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक […]
जनकपुरधाम, मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस ‘कवाड’ बन्दै गएका छन्। २०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद […]
महोत्तरी, नेपाली कांँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र९३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो । कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो । […]
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३८ गुणा बढीले ओभरसब्सइक्राब्ड भएको छ। संस्थाले गत फागुन ४ गतेबाट जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। संस्थाले १०० अंकित […]
काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् । आठ मिटरसम्म लम्बाई […]