Sajhamanch Archive

टी २० विश्वकपको ग्लोबल छनोटमा नेपालले आज फिलिपिन्सको सामना गर्दै

Published: in खेलकुद, by . Leave a Comment on टी २० विश्वकपको ग्लोबल छनोटमा नेपालले आज फिलिपिन्सको सामना गर्दै.

काठमाडौं- टी २० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले दोस्रो खेल खेल्दैछ। ओमनको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले आज फिलिपिन्सको मैदानमा हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो। नेपालसहित ओमन र क्यानडा पनि भएको समूहमा फिलिपिन्स सबैभन्दा कमजोर टिम हो। त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ। नेपालले पहिलो खेलमा ओमनलाई ३९ […]

संवैधानिक प्रवन्धको गलत व्याख्या गरेर सरकारबाट बाहिर पुर्‍याइयो : अध्यक्ष ओली

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संवैधानिक प्रवन्धको गलत व्याख्या गरेर सरकारबाट बाहिर पुर्‍याइयो : अध्यक्ष ओली.

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा आफूहरुलाई सरकारबाट बाहिर पुर्‍याइएको बताएका छन्। प्रजातन्त्र दिवसको अवरमारमा शुभकामना सन्देश जारी गर्दै ओलीले आफू नेतृत्वको सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको भए पनि संविधानको गलत व्याख्या गरेर हटाइएको बताए। उनले आफू सरकारबाट हटेपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको […]

एमसीसीबारे टुंगो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे टुंगो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै.

काठमाडौ, नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज बस्न लागेको हो। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी जीवनसँग सम्बन्धित धेरै विषयहरुसमेत एमसीसीका बारेमा पनि छलफल गरि टुंगो लाग्ने बताए। एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाएको भन्दै त्यसमाथि छलफल गरेर निष्कर्ष निकाल्ने उनले जानकारी दिए। आज ७ फागुन, नेकपा एकिकृत समाजवादीको स्थायी कमिटिको […]

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना.

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । उनले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्नेमा जोड दिएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, “हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र […]

पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको […]

पाथीभरामा पनि बन्ने भयो केबुलकार , केबुलकारको दूरी २.६ किलोमिटर हुने

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पाथीभरामा पनि बन्ने भयो केबुलकार , केबुलकारको दूरी २.६ किलोमिटर हुने.

ताप्लेजुङ, ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको तयारी गरिएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा पाथीभरादेवी दर्शन केबुलकार प्रालि।मार्फत केबुलकार निर्माणको तयारी गरिएको हो । सदरमुकाम फुङ्लिङमा शुक्रबार प्रवद्र्धक कम्पनी पाथीभरादेवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । जिल्लाको पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरामा केबुलकार निर्माण गर्न लागिएको हो […]

एमसीसी पास भए गठबन्धन टुट्छ : नेता कोइराला

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास भए गठबन्धन टुट्छ : नेता कोइराला.

काठमाडौं,  सत्तारुढ दल नेपाली कांँग्रेसका सांसद डा. शशांक काइरालाले एमसीसी पारित भए ५ दलीय सत्ता गठबन्धन टुट्नेमा दुईमत नहरेको बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता कोइरालाले यस्तो बताएका हुन्। प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेकोसमेत उनले बताएका थिए। एमसीसी पारित गर्ने हो […]

एमसीसी विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य छैन् : अमेरिकी राजदूत बेरी

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य छैन् : अमेरिकी राजदूत बेरी.

काठमाडौ, नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो। शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए। एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि […]

टी-२० विश्वकप छनोटमा ओमानमाथि नेपालको ३९ रनको जीत

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on टी-२० विश्वकप छनोटमा ओमानमाथि नेपालको ३९ रनको जीत.

काठमाडौं, ब्याटिङ नचलेपनि घातक बलिङको साथ पाएको नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा जीत हात पारेको छ। शुक्रबार सम्पन्न खेलमा घरेलु टोलीलाई ३९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै समेटियो। ओमानका लागि नसिम खुशी सर्वाधिक २४ […]

गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, एमसीसी बारे छलफल हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, एमसीसी बारे छलफल हुने.

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति प्रमुख […]