काठमाडौं– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट आज (शुक्रबार)देखि सुरु हुँदै छ। समुह ए को पहिलो खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ। विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। खेल अल अमेरात क्रिकेट मैदानमा हुनेछ। गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले […]
काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीका शीर्ष नेताको बैठक बसेको छ। एमसीसीको विपक्षमा रहेका दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन्। छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र अशोक राई सहभागी रहेको एक नेताले बताए। […]
भैरहवा, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका […]
काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ९ हजार ७८९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार […]
काठमाडौं– सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरेको छ। बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए। हाल ७५३ स्थानीय तह रहेका छन्। विज्ञहरुले स्थानीय तह घटाउनुपर्ने सुझाव दिइरहेको समयमा सरकारले भने थप गरेर ७६६ […]
काठमाडौं– साताको अन्तिम कारोबार दिन नेप्सेसँगै कारोबार पनि रकम घटेको छ। बिहीबार नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ। यस दिन नेप्से १.९३ अंक घटेर २७३२.५२ विन्दूमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ। नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि कमी आएको छ। आज २२७ कम्पनीको ३४ हजार ३४६ पटकको […]
काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन९एमसीसी० संसदबाट पास गर्ने विषयले गठबन्धन सरकार समस्यामा परेको छ । गठबन्धनमै रहेको एउटा दल माओवादी केन्द्रले एमसीसी कुनै पनि हालतमा संसदमा टेबल गर्न नदिने अडान नछाडेपछि कांँग्रेसका नेताहरुले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने विकल्पमा छलफल अगाडि बढाएका छन् । एमालेका एक दोश्रो तहका नेताकाअनुसार प्रधानमन्त्री तथा नेपाली […]
काठमाडौ, अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा लगिछाड्ने अडान लिएपछि सत्ता साझेदार दुई नेतामाथि दबाब परेको छ। प्रमुख सत्तारुढ कांग्रेसले गठबन्धनमा […]
काठमाडौं, नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो। काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो। काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, […]
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताको बैठक अघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा तीन बजेपछि मन्त्रिपरिषद्को बैठक डाकेका छन् । मन्त्रिपरिषद्को बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) साथै अन्य विषयमा छलफल हुनेछ । एमसीसीमाथि छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजे बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा […]