Sajhamanch Archive

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची.

काठमाडौ, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी अमेरिकी सहायता परियोजना एमसिसी भने समावेश गरिएको छैन् । मंगलबार संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा फागुन ११ बाट आवेदन खुल्ने

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा फागुन ११ बाट आवेदन खुल्ने.

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन ११ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ। संस्थाले कुल कित्तामध्ये ०।५ प्रतिशतले हुन आउने १२ हजार ७५० […]

बुद्ध एअर जनकपुरदेखि पोखरा हवाई उडानको तयारी गर्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बुद्ध एअर जनकपुरदेखि पोखरा हवाई उडानको तयारी गर्दै.

जनकपुर, जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन […]

एमसीसीबारे सत्ता गठबन्धनका दलहरुको ‘निर्णायक’ वार्ता आज

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे सत्ता गठबन्धनका दलहरुको ‘निर्णायक’ वार्ता आज.

काठमाडौ, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको जनाइएको छ । बुधबार प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो। एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ पहिलो दिनै झन्डै ११ गुणाले ओभरसब्सक्राइब्ड

Published: in अर्थतन्त्र, by . Leave a Comment on राष्ट्र उत्थान लघुवित्तको आईपीओ पहिलो दिनै झन्डै ११ गुणाले ओभरसब्सक्राइब्ड.

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै झन्डै ११ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। संस्थाले आज फागुन ४ गतेबाट जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरिएको […]

स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता.

काठमाडौं, निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ […]

एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिएको काँग्रेसको आरोप

Published: in विविधा, by . Leave a Comment on एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिएको काँग्रेसको आरोप.

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग अनुदान सम्झौता गर्ने प्रक्रियाका विभिन्न चरणमा हाल विरोध गर्ने सबै नेताहरु नै निर्णय प्रक्रियामा संलग्न हुँदै आएको दाबी सरकारको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले गरेको छ। नेकपा माओबादीबाट सरकारको नेतृत्व डा बाबुराम भट्टराईले गर्दा (२०६८–२०६९) एमसीसीको औपचारिक प्रक्रिया सुरु भएको थियो। तर, यसबारे कुराकानीको सुरुआत भने त्यसअघि नै झलनाथ […]

स्थानीय तह निर्वाचन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तह निर्वाचन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश.

काठमाडौं- स्थानीय तहको निर्वाचन वैशाखमा एकै चरणमा गर्न नमिल्ने जिकीर गरिएको रिट दर्ता गर्न सर्वोच्च अदाललते आदेश दिएको छ। न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेश बदर गर्दै दर्ता गर्न आदेश दिएको हो। महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाखमै स्थानिय तहको निर्वाचन गर्दा संविधानमा तोकिएको पाँच वर्ष अवधि पूरा हुन […]

भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, by . Leave a Comment on भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन.

एजेन्सी, भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। लहरीको मंगलबार सिटीकेयर अस्पतालमा निधन भएको पीटीआई (प्रेस ट्रस्ट इन्डिया) ले जानकारी छ। उनको बुधबार बिहान ६९ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल लगिएको थियो। उनका बलिउडका चर्चित गीत ‘चल्ते चल्ते,’ ‘डिस्को डान्सर,’ ‘याद आ रहा […]

एमालेले आज पनि संसदमा अवरोध गर्ने, कार्यव्यवस्था बैठकमा पनि नजाने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेले आज पनि संसदमा अवरोध गर्ने, कार्यव्यवस्था बैठकमा पनि नजाने.

काठमाडौ, नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने भएको छ । आज दिउँसो बोलाइएको प्रतिनिधिसभा बैठकमा एमालेले विरोध गर्ने भएको हो । त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले सहभागी नहुने भएको छ । यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई पनि एमालेले बहिस्कार गरेको थियो । एमालेले आफूहरुले जे […]