काठमाडौ, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको यो बैठक अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बोलाइएको हो । सरकारले एमसिसी प्रतिनिधिसभा बैठकमा टेबुल गर्न लागेपछि माओवादी केन्द्रले यो बैठक बोलाएको हो । संसदमा एमसीसी टेबुल हुँदा माअोवादी केन्द्रका सांसदहरुको भूमिका के हुने भन्नेबारे छलफल गर्न […]
काठमाडौं– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधबार)देखि आईपीओ निष्कासन गरेको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ […]
काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोध गर्ने दललाई सरकारबाट हट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आग्रह गरेका छन्। सत्ता साझेदार दलका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताएका हुन्। ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र […]
काठमाडौँ, पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र […]
काठमाडौ, एमसीसी सम्झौताको बिरोधमा ६ वटा राजनीतिक दलले आजका लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट बुधबार बिहानै ६ जना पक्राउ परेका छन्। सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि विप्लव नेतृत्वको नेकपासहितका ६ दलले आज त्यो सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरेका छन्। बन्द गर्दै हिँडेका १ जनालाई […]
काठमाडौं– भोलि बुधबार बस्ने तय भएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद् सचिवालयले मंगलबार बेलुका सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता टेबल गर्ने सम्मबन्धी विषय भने समावेश भएको छैन। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधि सभा बैठकमा बैठकमा तीन शोकप्रस्ताव र थारु आयोगको वार्षिक प्रतिवेदन […]
काठमाडौं, नेपाली काँग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ । मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिए । विघटन […]
भैरहवा, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो […]
काठमाडौँ। समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले बहुमत जुटाएका छन्। केन्द्रीय कार्यकारिणी, सङ्घीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन्। ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले […]
काठमाडौं– नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले […]