Sajhamanch Archive

कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु.

काठमाडौँ। नेपाली कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार केही बेरअघि बैठक सुरु भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए। गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ। छलफल […]

सामाजिक सञ्जालमार्फत ठगीधन्दा मौलायो, सचेत रहन साइबर ब्यूरोको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सामाजिक सञ्जालमार्फत ठगीधन्दा मौलायो, सचेत रहन साइबर ब्यूरोको आग्रह.

काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेकोले सचेत रहन आग्रह गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनाहरु बढ्न थालेपछि साइबर ब्यूरोले आज एक सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत गराएको हो। केही व्यक्ति तथा आपराधिक समूहले सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमोमार्फत भिडियो, अडियो र टेक्स्ट मेसेज गरी […]

साताको तेस्रो दिन ५३ अंकले हरियो भयो सेयरबजार, यी हुन् धेरै कमाउने ५ कम्पनीका सेयरधनी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको तेस्रो दिन ५३ अंकले हरियो भयो सेयरबजार, यी हुन् धेरै कमाउने ५ कम्पनीका सेयरधनी.

काठमाडौ, सेयरबजारमा आज ५३ अंकको बढोत्तरी भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ५३.३० अंकले बढेर २७५४.२८ विन्दूमा पुगेको हो। त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १०.८३ अंकले बढेको छ। कुल २ सय २४ सेयर कारोबारमा सामेल हुँदा ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर बिक्री […]

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु.

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तीन जना चढेको लु ६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनीहरू […]

खोप हराएको बिषयमा छानबिन गर्न गठित पाँच सदस्यीय छानबिन समितिले बुझायो प्रतिबेदन, प्रतिवेदन भोलि सार्वजनिक गर्ने

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on खोप हराएको बिषयमा छानबिन गर्न गठित पाँच सदस्यीय छानबिन समितिले बुझायो प्रतिबेदन, प्रतिवेदन भोलि सार्वजनिक गर्ने.

काठमाडौं, कोभिड–१९ विरुद्धको हराएको भनिएको २४ लाख खोप खोजी गर्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रेस सल्लाहकार शान्ताराम विडारीले जानकारी दिए । बिडारीका अनुसार खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाइएको हो । उक्त […]

माओवादीले पनि बोलायो संसदीय दलको बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीले पनि बोलायो संसदीय दलको बैठक.

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि बुधबार बिहानका लागि बैठक डाकिएको हो। भोलि प्रतिनिधिसभाको बैठकअघि माओवादी संसदीय दलको बैठक बस्नेछ। बैठकमा खासगरी प्रधानन्यायाधीशमाथि दर्ता भएको महाभियोग प्रस्ताव संसद् बैठकमा टेबुल हुने तयारीमा रहेको एमसीसीबारे छलफल हुने बताइएको छ। प्रधानन्यायाधीशमाथि महाभियोग लागेपछि नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको […]

रहेनन घनघश्याको उकालो काट्दाका सर्जक तारानाथ शर्मा

Published: in समाज, साहित्य, by . Leave a Comment on रहेनन घनघश्याको उकालो काट्दाका सर्जक तारानाथ शर्मा.

काठमाडौं– लोकप्रिय साहित्यकार डा। तारानाथ शर्माको निधन भएको छ। नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लागि चर्चित शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायत साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ। शर्माका ‘बेलायततिर बरालिँदा’, […]

नयाँ शैक्षिक सत्रको पढाइ स्थानीय तहको निर्वाचनपछि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on नयाँ शैक्षिक सत्रको पढाइ स्थानीय तहको निर्वाचनपछि.

काठमाडौँ, सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ […]

दीर्घरोगका बिरामीलाई झापामा निःशुल्क स्वास्थ्य बीमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दीर्घरोगका बिरामीलाई झापामा निःशुल्क स्वास्थ्य बीमा.

झापा– झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवारलाई बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका […]

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आगलागी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आगलागी.

म्याङलुङ , तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहानै आगलागी भएको छ। म्याङलुङ नगरपालिका–१ केउरेनीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ। सुरक्षाकर्मी, स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले बताएको छ। आगलागी कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।