काठमाडौँ, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु […]
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ। महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।
काठमाडौं, राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्। न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाभियोग ठिक बाटो नभएको उनले बताएका हुन्। प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५२१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले […]
काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संचार बिज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको […]
काठमाडौ, एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने सत्ता साझेदार दलको प्रस्तावलाई अलोकतान्त्रिक भनेका छन्। उनले देश स्थानीय तह निर्वाचनतर्फ गइसकेको अवस्थामा आएको महाअभियोग प्रस्तावले गम्भीर राजनीतिक संकट निम्त्याउने पनि बताएका छन्। एमालेले स्थानीय तह निर्वाचनमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम नै थालिसकेको अवस्थामा आएको महाअभियोगले संसदीय प्रणालीमै थप […]
काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। बिहान ११ बजे कारोबार सुरु भएलगत्तै घट्न थालेको सेयर बजार परिसूचक नेप्से ३ बजे कारोबार बन्दा हुँदासम्म १०१.२४ अंकले घटेर २७००.३२ अंकमा अडिएको छ। कारोबार सुरु भएको एक घण्टामै नेप्से ८२ अंकले घटिसकेको थियो। बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरको प्रभाव नेप्सेमा देखिएको बजार विश्लेषकहरुले गरेका […]
काठमाडौं, राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल राप्रपा नेपालमा उनी अध्यक्ष बनेका हुन्। ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका […]
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए । यसैगरी, एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उनले जानकारी दिए । सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित […]
काठमाडौ, प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो। संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो। तर, विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो। प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ […]