काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री एवम् कांँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। शीर्ष नेताबीच एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको स्रोतले जानकारी दियो। दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। दाहाल […]
काठमाडौ, सरकारले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बृद्धि गरेको छ। सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ। बुधबार बसेको डीडीसी सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ पुर्याएको हो। यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो। बढेको नौ रुपैयाँमा […]
संविधानमै महत्वपूर्ण अधिकार र शक्ति पाएका स्थानीय सरकारहरु पहिलो कार्यकाल पूरा गर्ने चरणमा छन्। सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेपछि बितेका पाँच वर्षको लेखाजोखा सुरु भएको छ। हिजो गाविस तथा नगरपालिकाको रुपमा रहेका स्थानीय निकायलाई अधिकारसम्पन्न नयाँ संरचनामा बदल्ने (गाउँपालिका, नगरपालिका, तथा विशेष, संरक्षित क्षेत्रका संख्या तथा सिमाना निर्धारण) आयोगको अध्यक्ष थिए, […]
काठमाडौं, कोरोना भाइरसबाट संक्रमितलाई उपलब्ध गराउने भनेको बीमा बापतको भुक्तानी डेढ वर्ष वित्दा पनि अझै भुक्तानी हुन सकेको छैन्। सरकारले उपलब्ध गराउनु पर्ने झण्डै ११ अर्व रुपियाँ जोहो कहाँबाट गर्ने अन्योल भएका कारण बीमाको भुक्तानी रोकिएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार ११ अर्ब रुपियाँ सरकारले उपलब्ध गराउन बाँकी रहेको छ । […]
काठमाडौँ, नेपाली कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांँग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री एवं […]
काठमाडौं- सत्तारूढ नेपाली कांँग्रेसका नेता डा.शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। पछिल्लो समसामयीक राजनीति र एमसीसीका विषयमा छलफल गर्न नेता डा. कोइराला खुमलटार पुगेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। एमसीसी विवाद चर्किएको समयमा कोइरालाले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन्। यसअघि गत मंगलबार कोइरालाले […]
काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालबीच बुधबार छलफल भएको छ। बुधबार साँझ ५ बजेपछि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आज (बुधबार) का लागि बोलाएको संसद बैठक स्थगित […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको […]
काठमाडौं– नेपाली कांँग्रेसको पदाधिकारी बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा कार्यसम्पादन समितिको बैठक, जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा भोलि हुने कार्यसम्पादन समितिको बैठकको अजेण्डाबारे आज केही छलफल भएको छ। कार्यसम्पादन समितिमा सबैले आफ्ना धारणा राख्नुहुन्छ। निर्वाचनमा पार्टी कसरी जाने बारेमा भोलिको बैठकमा […]
काठमाडौ- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलोगरी परीक्षा तालिका तय गरेको हो। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय […]