एजेन्सी, रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए । हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरू पुरिएको जनाइएको छ । यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ […]
पोखररा, पोखराबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख. ८६२१ नम्बरको बसलाई चेकजाँचका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ […]
एजेन्सी, भारतको बिहारस्थित मधेपुरा जिल्लाको मुरलीगञ्ज थाना क्षेत्र र भागलपुरको विश्वविद्यालय थाना क्षेत्रअन्तर्गत साहेबगञ्जमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् । यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा […]
काठमाडौं- हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो। यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ। यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत […]
काठमाडौं । भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि महाधिवेशन नभएकोले विधानअनुसार महाधिवेशन गर्नुपर्ने पनि विद्यार्थी नेताहरूको माग छ । उनीहरूले उमेर हद नै लगाउने भए कांग्रेस विधानमा ६० वर्ष, तरुण दलमा ४० र नेविसंघमा २८ वर्ष लागू गर्न […]
काठमाडौं। वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा आजदेखि दरखास्त दिन पाइने भएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड […]
पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्। आइबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् । ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। गठबन्धन होला र जितौंला […]
काठमाडौं । अब एउटै युजर नेम र पासवर्ड शेयर गरेर निःशुल्क नेटफ्लिक्स हेर्न नमिल्ने भएको छ । पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रवृत्ति बढेपछि कम्पनीले नयाँ नियम ल्याउन लागेको हो । यसअन्तर्गत आफू बसेको घरबाहिर युजर नेम पासवर्ड शेयर गर्नुपरे नेटफ्लिक्स अकाउन्ट भएको व्यक्तिले अतिरिक्त शुल्क तिर्नुपर्नेछ । नेटफ्लिक्सका सब्सक्राइबरले दुई वटासम्म ‘सब अकाउन्ट’ थप्न […]
काठमाडौँ — राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा मंगलबार तीन जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुबाट कुल १६ करोड ४३ लाख बिगो तथा जरिवाना माग गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका […]
काठमाडौं । व्यावसायिक प्रतिस्पर्धा बढाउनका लागि गुण एयरलाइन्सले एकै पटक ३ वटा एटीआर जहाज ल्याउने भएको छ । जेटस्ट्रिम र विचक्राफ्टमार्फत उडान गर्दै आएको गुणले एकै पटक ३ एटीआर जहाज खरिद प्रक्रिया अघि बढाएको हो । खरिदका लागि सञ्चालक समितिको बैठकले निर्णय गरेर आवश्यक प्रक्रियासमेत अघि बढाइसकेको एयरलाइन्सका प्रवक्ता प्रज्ज्वलजंग थापाले जानकारी दिए । अवस्था […]