Sajhamanch Archive

हिउँ पन्छाएपछि पाँच दिनपछि खुल्यो सिमकोट विमानस्थल

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हिउँ पन्छाएपछि पाँच दिनपछि खुल्यो सिमकोट विमानस्थल.

हुम्ला, हुम्लाको हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ। सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि उडान सुरु भएको हो। विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज उडाउन सम्भव भएको हो। पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेपछि हिउँ पन्छाइएको र सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको […]

मधेस प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मधेस प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै.

जनकपुर, मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ । लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति […]

काठमाडौँ–तराई/मधेस द्रुत मार्गमा निमार्ण हुने सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौँ–तराई/मधेस द्रुत मार्गमा निमार्ण हुने सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत.

काठमाडौँ, निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल ९हाई ब्रिज०को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ । सेनाका सहायक रथी तथा […]

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी.

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने तयारी सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो। गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा यी तीन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख गरिएको […]

थपिए १ हजार ५७० नयाँ कोरोना संक्रमित , १३ को मृत्यु, ६ हजार १४६ जना संक्रमण मुक्त

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on थपिए १ हजार ५७० नयाँ कोरोना संक्रमित , १३ को मृत्यु, ६ हजार १४६ जना संक्रमण मुक्त.

काठमाडौ, गएको २४ घण्टामा नेपालमा १ हजार ५७० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ३६५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। आज १३ जनाको मृत्यु भएको छ भने ६ हजार १४६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यस्तै, आज देशभर ४० हजार १११ […]

आयोगसँग परामर्श गरेर नै वैशाख ३० मा निर्वाचनको मिति घोषणा : प्रमुख निर्वाचन आयुक्त थपलिया

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आयोगसँग परामर्श गरेर नै वैशाख ३० मा निर्वाचनको मिति घोषणा : प्रमुख निर्वाचन आयुक्त थपलिया.

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगसँग परामर्श गरेर नै सरकारले स्थानीय तहको निर्वाचन मिति तय गरेको बताएका छन्। बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। उक्त निर्णय आयोगसँगको परामर्शमै भएको उनले बताए। ‘आयोगसँगको सल्लाह र परामर्शका आधारमा नै निर्वाचनको मिति घोषणा भएको […]

सरकारले वैशाख ३० गतेका लागि तोक्यो स्थानीय तह निर्वाचनको मिति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारले वैशाख ३० गतेका लागि तोक्यो स्थानीय तह निर्वाचनको मिति.

काठमाडौ, सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो। निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। तर,  सरकारले सोमबार […]

साताको दोस्रो दिन दोहोरो अंकले बढ्यो सेयर बजार, ५ अर्ब २ करोड २० लाख रूपैयाँ बराबरको कारोबार

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको दोस्रो दिन दोहोरो अंकले बढ्यो सेयर बजार, ५ अर्ब २ करोड २० लाख रूपैयाँ बराबरको कारोबार.

काठमाडौं– साताको पहिलो कारोबार दिन घटेको सेयर बजार दोस्रो कारोबार दिन भने बढेको छ। दोस्रो कारोबार दिन सोमबार सेयर बजार १५.६९ अंकले बढेर २८५१.६८ विन्दूमा पुगेको छ। अघिल्लो दिन ४० अंकले घटेको बजार आज भने बढेको हो। आज समग्र नेप्से ०.५५ प्रतिशतले बढेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ विन्दूमा पुगेको छ। […]

आइपुग्यो आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आइपुग्यो आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप.

काठमाडौं, सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्रले चौरसियाले जानकारी दिए । बाँकी १३ लाख १२ हजार ८० […]

एमसीसी बारे निर्णय गर्न माओवादी केन्द्रले बोलायो माघ २८ र २९ का लागि केन्द्रीय समिति बैठक

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी बारे निर्णय गर्न माओवादी केन्द्रले बोलायो माघ २८ र २९ का लागि केन्द्रीय समिति बैठक.

काठमाडौं, नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले यही माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार एमसीसीमा देखिएको बिवाद र साङ्गठनिक राजनीतिक विषयलाई टुङ्गो लगाउन बैठक बोलाइएको हो । यसअघि माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि […]