काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्ता नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन्। महत हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। उनी संस्थापन (देउवा) समूहका उम्मेदवार थिए। महतलाई हालैमात्र सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ। यसअघि कांग्रेस […]
काठमाडौं- नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत किन यसरीुको भिडियो रिलीज भएको छ। डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन्। भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ। गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ। गायक खनाल हाल अमेरिका बस्दै आएका छन्। […]
काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरूको सरुवा गरेको छ। मन्त्र राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार सहसचिवहरूको सरुवा गर्ने निर्णय गराएका हुन्। पछिल्लो सरुवा अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रेमराज गिरीलाई युवा तथा खेलकुद मन्त्रालय पठाइएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव वासुदेव रेग्मीलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]
काठमाडौं– पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पराजित भएपछि तीव्र असन्तुष्टि जनाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वतमान अध्यक्ष कमल थापा विकल्पको खोजीमा जुटेका छन्। मंसीर २७ गते महाधिवेशनबाट निर्वाचित बनेको नेतृत्वसमक्ष विभिन्न मागहरू राखेका थापा आफूले अगाडि सारेका माग सम्बोधन हुने छाँटकाँट नदेखिएपछि विकल्पको खोजीमा जुटेका हुन्। त्यसैको तयारी स्वरुप उनले आफू निकट नेता कार्यकर्ताहरूसँगको छलफललाई तीव्र […]
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार साँझसम्म ४४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ। जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता […]
काठमाडौ, मधेसी आयोगले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष विजयकुमार दत्तले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई पत्र लेख्दै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक व्यवस्था यथाशीघ्र मिलाइदिन आग्रह गरेका हुन्। अध्यक्ष दत्तले सप्तरीस्थित सखाडेश्वरी […]
एजेन्सी, अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले पहिलो पटक जितेको छ। क्यामरुनमा आइतबार राति सम्पन्न फाइनल खेलमा इजिप्टलाई टाइब्रेकरमा हराउँदै सेनेगलले उपाधि जितेको हो। खेलको सातौं मिनेटमै सेनेगलले पेनाल्टीको अवसर पाएको थियो। तर, फरवार्ड साडियो मानेले पेनाटीको अवसरमा गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो। निर्धारित ९० मिनेटसम्म पनि कुनै गोल भएन। त्यस्तै, थपिएको अतिरिक्त […]
विराटनगर– प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले नियुक्त गरेका मन्त्रीहरुको शपथग्रहण आइतबार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको थियो। मन्त्रीहरुको शपथग्रहण बिहान ११ बजे हुने थाहा भएपछि एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बिहान साढे १० बजेदेखि नै प्रदेश प्रमुखको कार्यालय प्रवेश गर्ने मुख्य सडकमा अवरोध गरी प्रर्दशन शुरु गरिसकेका थिए। एमाले निकटका युवा […]
सुर्खेत- नयाँ सरकार बनेको ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार प्रदेश सरकारलाई पूर्णता दिएको हो। मन्त्रालय भागबन्डाको लामो रस्साकस्सीपछि गठबन्धनले प्रदेश सरकारलाई पूर्णता दिएका छन्। ९६ दिनसम्म सत्तारुढ दलहले शक्ति सन्तुलन र मालदार मन्त्रालयको विषयलाई लिएर निकै रक्सासक्सी गरेका थिए। किस्ता–किस्तामा मन्त्रिपरिषद विस्तार गर्दै आएका थिए। लामो समयपछि केन्द्रीय गठबन्धनले […]
सिन्धुपाल्चोक- बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ। आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनले घटनाको थप अनुसन्धान […]