Sajhamanch Archive

काठमाडौं महानगरमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं महानगरमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा.

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ। महानगरपालिकाले ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको जनाएको छ। १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ। तोकिएको मितिमा शनिबारबाहेक अरु सबै दिन […]

बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते.

बुटवल, बुटवलमा कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। सोमबार बिहानै बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ। पश्चिमदेखि पूर्वतर्फ गइरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए। […]

जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात.

काठमाडौं, चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । विद्युतको बढ्दो माग पूरा गर्न आन्तरिक उत्पादन अपुग भएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ । ११ हजार मेगावाट आवरवेसमा रहेर विद्युत आयात […]

‘‘आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन’’ : देव गुरुङ

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on ‘‘आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन’’ : देव गुरुङ.

नेकपा (माओवादी केन्द्र)मा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताका विषयमा प्रष्ट भाषामा विरोध गरिरहेका नेता हुन्, देव गुरुङ। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका उनी यसलाई अस्वीकार गर्नुपर्ने धारणा राखिरहेका छन् । यहीबीच उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास गर्न समय बढाइमागेको पत्र सार्वजनिक भएको छ। उक्त पत्रमा अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नु […]

एमसीसी पार्टीका नेताहरू बसेर टुंगिने विषय होइन, संसद्‌मै लैजानुपर्छ : कानुनमन्त्री बडू [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसी पार्टीका नेताहरू बसेर टुंगिने विषय होइन, संसद्‌मै लैजानुपर्छ : कानुनमन्त्री बडू [अन्तर्वार्ता].

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई आगामी प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। त्यसका लागि राजनीतिक बाटो प्रधानमन्त्री शेरबहादुर देउवाले बनाइरहेका छन् भने कानुनी प्रक्रियाको चाँजोपाँजो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले मिलाइरहेका छन्। आइतबार मात्रै उनले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर सो सम्झौतालाई छलफलका लागि संसद्‌मा पेश गर्ने वातावरण […]

एमालेले अहिलेकै अवस्थामा सदन चल्न नदिने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेले अहिलेकै अवस्थामा सदन चल्न नदिने.

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न नदिने दोहोर्‍याएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बालुवाटारमा बोलाएको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई नहटाएसम्म सदन चल्न नदिने बताएका हुन्। सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी बैठकमा एमालेले फेरि पनि सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाएको छ। बैठकपछि पत्रकारसँग […]

जोरबिजोर सोमबारबाट हट्ने, बिद्यालय भने फागुन एक गतेदेखि खुल्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on जोरबिजोर सोमबारबाट हट्ने, बिद्यालय भने फागुन एक गतेदेखि खुल्ने.

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली हटाउनुका साथै फागुन १ गतेदेखि विद्यालय खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली तत्काल हटाउन सिफारिस गरेको छ। पछिल्लो समय सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटे पनि निजीमा यथावत् छ। सीसीएमसीले आगामी फागुन १ […]

स्थानीय निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन माओबादी अध्यक्ष दाहालको प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन माओबादी अध्यक्ष दाहालको प्रस्ताव.

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन्। आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन्। छलफलमा सहभागी एमाले नेता शंकर पोखरेलका अनुसारदाहालले संसद् सुचारु गर्न र एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री देउवाको धारणा भने एमसीसीलगायत विषयलाई अघि […]

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले जित्यो एसेज सिरिज

Published: in खेलकुद, by . Leave a Comment on इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले जित्यो एसेज सिरिज.

एजेन्सी, इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै महिला एसेज सिरिजको उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार दिउँसो अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न खेलमा जीत निकाल्दै अष्ट्रेलियाले घरेलु मैदानमा सिरिज जितेको हो। आजको खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको इंग्ल्यान्डले ४५ ओभर दुई बलमा सम्पूर्ण विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्यका साथ मैदान पसेको अष्ट्रेलियाले ३५ ओभर दुई […]

यथास्थितिमा एमसीसी सम्झौता स्वीकार गर्न सकिँदैन : नेता श्रेष्ठ

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on यथास्थितिमा एमसीसी सम्झौता स्वीकार गर्न सकिँदैन : नेता श्रेष्ठ.

काठमाडौं, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता स्वीकार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएकोबारे सामाजिक सञ्जालमा उल्लेख गर्दै नेता श्रेष्ठले यथास्थितिमा एमसीसी संसदीय अनुमोदनको प्रक्रियामा अघि […]