Sajhamanch Archive

एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल.

पोखरा– नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी)का विषयमा गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालमा भ्रम रहेको बताए। जनतामा रहेको जस्तै भ्रम नेताहरुमा पनि रहेको पौडेलले टिप्पणी गरे। पोखरामा नेपाली कांँग्रेसको गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले आफूले गठबन्धनको बैठकमा दाहाल र नेपाललाई एमसीसीका बारेमा स्पष्ट हुने आग्रह […]

साताको पहिलो कारोबार दिन नै ओरालो लाग्यो सेयर बजार, नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दूमा झर्यो

Published: in अर्थतन्त्र, by . Leave a Comment on साताको पहिलो कारोबार दिन नै ओरालो लाग्यो सेयर बजार, नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दूमा झर्यो.

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दूमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दूमा झरेको छ। फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ। आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड […]

थपिए १ हजार ३८६ संक्रमित, ११ जनाको मृत्यु, आठ हजार ७०४ जना संक्रमणमुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए १ हजार ३८६ संक्रमित, ११ जनाको मृत्यु, आठ हजार ७०४ जना संक्रमणमुक्त.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभर ९ हजार २५१ नमूना परीक्षण गरिएको थियो। ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको […]

काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने.

काठमाडौं, काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो। उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको छ। सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न […]

प्रधानमन्त्री देउवासित एमसीसी र स्थानीय निर्वाचन बारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवासित एमसीसी र स्थानीय निर्वाचन बारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार छिरेका छन्। अध्यक्ष ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार छिरेका हुन्। त्यस्तै देउवासँग त्रिपक्षीय वार्ताका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका छन्। दाहाल र देउवाबीच आइतवार बिहान पनि बालुवाटारमै आधा घण्टा वार्ता भएको […]

नेवार समुदायमा सगुन किन दिइन्छ ? यस्तो छ कारण

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, समाज, by . Leave a Comment on नेवार समुदायमा सगुन किन दिइन्छ ? यस्तो छ कारण.

काठमाडौ, संसारमा रहेका हरेक जातजातिका आ–आफ्ना रीतिरिवाज, चालचलन, आफ्नै संस्कृति तथा परम्पराहरू हुन्छन् र सबैको आफ्नै महत्व र विशेषता पनि । कतिपय परम्परा अलि कस्तो–कस्तो लाग्ने खालका पनि हुन्छन्, तर ती सबै आफ्नै प्रकारका हुन्छन् । कतिपय वैज्ञानिकतामा आधारित पनि हुन्छन् । यस्तै परम्पराहरूमध्ये एक हो— सगुन अर्थात् सँग (नेपाल भाषामा), कसै–कसैले सगुनलाई सौकँ भन्ने […]

यु -१९ क्रिकेट विश्वकपको उपाधि भारतलाई

Published: in खेलकुद, by . Leave a Comment on यु -१९ क्रिकेट विश्वकपको उपाधि भारतलाई.

एजेन्सी, यु – १९ विश्वकपको उपाधि भारतले जितेको छ। इंग्ल्याण्डलाई हराउँदै भारतले पाँचौ पटक विश्वकपको उपाधि जितेको हो। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि जितेको हो। भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतक बनाए। भारतका लागि राशिदले ८४ बलमा ५० तथा सिन्धुले ५४ बलमा ५० रनमा नटआउट […]

रहिनन भारतीय गायिका लता मंगेशकर

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on रहिनन भारतीय गायिका लता मंगेशकर.

एजेन्सी, भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको ९२ वर्षको उमेरमा निधन भएको हो। केही दिनदेखि बिरामी भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा […]

ग्रीन भेन्चर्सले फागुन २ देखि आईपीओ निष्कासन गर्ने

Published: in अर्थतन्त्र, by . Leave a Comment on ग्रीन भेन्चर्सले फागुन २ देखि आईपीओ निष्कासन गर्ने.

काठमाडौं– ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि निष्कासन हुने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशतले हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आईपीओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नेछ। आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्लाको […]

विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर श्रीपञ्चमी मनाइँदै, आजै १०ः२३ बजे राष्ट्रपतिले वसन्त श्रवण गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, शिक्षा, समाज, by . Leave a Comment on विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर श्रीपञ्चमी मनाइँदै, आजै १०ः२३ बजे राष्ट्रपतिले वसन्त श्रवण गर्ने.

काठमाडौँ, माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०ः२३ बजेको साइतमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा श्रीपञ्चमीको गरिमालाई आत्मसात् गर्न अनुरोध गरेकी छन् । वसन्तपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै […]