Sajhamanch Archive

भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक.

एजेन्सी, एक भव्य समारोहबीच बेइजिङ ओलम्पिक नेपाली समयअनुसार शुक्रबार साँझ सुरु भएको छ। २४ औँ शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार शुक्रबार राति ८ बजे औपचारिक उद्घाटन गर्दैछन्। शुक्रबार साँझदेखि सुरु भएको शीतकालीन ओलम्पिकलाई चीनले आफ्नो वैभव प्रदर्शन गर्ने माध्यम पनि बनाएको छ। हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह अहिले विश्व चर्चित चराको गुँड […]

उपत्यकामा यातायातको जोरबिजोर हटाउने तयारीमा जिल्ला प्रशासन कार्यालय

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उपत्यकामा यातायातको जोरबिजोर हटाउने तयारीमा जिल्ला प्रशासन कार्यालय.

काठमाडौं– कोरोना संक्रमणको विस्तार रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी गरेका छन्। संक्रमण घट्दै गएको र गरिखाने वर्गलाई पनि मार पर्न थालेको भन्दै जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो। काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली गत माघ १४ गते मध्यरातदेखि […]

अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु.

जनकपुर, अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ। वर्षाका कारण घर भत्किँदा रौतहटमा १ जना र हावाहुरीले रुख भाँच्चिएर लाग्दा धनुषामा २ जनाको मृत्यु भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण घर भत्किँदा घरमा च्यापिएर रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको […]

फागुन १ गतेबाट विद्यालय खुलाउन सरोकारवालाको सुझाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on फागुन १ गतेबाट विद्यालय खुलाउन सरोकारवालाको सुझाव.

काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट खुलाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालाबीच भएको छलफलमा यस्तो सुझाव दिइएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यालय खुलाउने विषयमा सरोकारवालाका […]

उखुबारी हत्या प्रकरणमा आरोपित तीन जना पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उखुबारी हत्या प्रकरणमा आरोपित तीन जना पक्राउ.

विराटनगर- सिरहाका २९ बर्षीय अनिलकुमार मण्डलले कारोबार एकलौटी बनाउन तीन साझेदारको हत्या गरेको खुलेको छ। सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका -४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या उनको योजनामा भएको प्रहरीले बताएको छ। मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको […]

हिमपातले मुस्ताङमा जनजीवन प्रभावित, बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङतर्फ बाटो अवरुद्ध

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on हिमपातले मुस्ताङमा जनजीवन प्रभावित, बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङतर्फ बाटो अवरुद्ध.

बेनी, हिमालपारीको जिल्ला मुस्ताङको अधिकांश भूभागमा बाक्लो हिमपात हुँदा चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । हिमपातकै कारण बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङतर्फ बाटो अवरुद्ध भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लाको पाँचवटै गाउँपालिकामा हिमपात भएको छ । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म हिमपात भएका कारण जिल्लाभित्रका सडकमा यातायातका साधनहरु बन्द भएका छन् […]

चितवनमा मारुती भ्यान र टिपर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चितवनमा मारुती भ्यान र टिपर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु.

भरतपुर– चितवनमा पिकअप (मारुती) भ्यान र टिपर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र लु २ ख १७०१ नम्बरको टिपर एकआपसमा ठोक्किँदा भ्यानमा सवार २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३६ वर्षीया निशा वली र उनकै छोरा […]

२ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा कोरोनाका कारण […]

चट्याङ लागेर सल्यान र सुर्खेतमा दुई जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चट्याङ लागेर सल्यान र सुर्खेतमा दुई जनाको मृत्यु.

सुर्खेत । सल्यान र सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको चट्याङ लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ । गएराती खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी गम्भीर घाइते भएकी खत्रीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै […]

पिकआवरमा माथिल्लो तामाकोशीबाट ३५० मेगावाट विद्युत उत्पादन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पिकआवरमा माथिल्लो तामाकोशीबाट ३५० मेगावाट विद्युत उत्पादन.

चरीकोट, दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ । साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ […]