काठमाडौं– बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ। पटकपटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको हो। प्राधिकरणले यी […]
एजेन्सी, दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घण्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण […]
एजेन्सी, प्रिमियर लिग क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनल खेलमा च्याम्पियनसिप क्लब मिडल्सबर्गलाई २–० ले हराउँदै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो । रिभरसाइड स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जियाचले १–१ गोल गरे । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० अघि बढाएका […]
पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि पोखरा आउने भएपछि आइतटबारका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक स्थगन भएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दाहालले कार्यकर्ता भेटघाट र प्रशिक्षणलाई तीव्रता दिन थालेका छन् । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि दाहाल देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्। शनिबार […]
काठमाडौ, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न उनी इलाम जान लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्नेछन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । इलामको निर्वाचन क्षेत्र नम्बर १ […]
काठमाडौं, अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा. ह्यारी भण्डारीको पहलमा त्यहाँ दसैं विधेयक पारित भएको छ। सो विधेयकको प्रस्तावनामा लेखिएको छ नेपालमा उत्पति भएको दसैं असत्यमाथि सत्यको जीतको खुसीयालीमा मनाइने एक सांस्कृतिक चाड हो। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद् मेरिल्याण्डको ४४४ औं संसद् अधिवेशनमा प्रस्तुत भएको थियो। संसद्मा नेपालीमा लेखिएको विधेयक प्रस्तुत गर्नु […]
काठमाडौं– गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करणको विजेता भुपेन्द्र थापामगर बनेका छन्। शनिबार भएको कार्यक्रमको फाइनलमा भैरहवाका मगरले उपाधी जितेका हुन्। एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करणको फाइनलमा नाम्गेल तामाङ, रञ्चित नेपाल, विश्वास उप्रेती र लक्ष्मी पौडेलाई उछिन्दै मगर प्रथम बनेका हुन्। प्रथम भएसँगै उनले ३० लाख रुपैयाँ र […]
जनकपुरधाम, जनकपुरधामसहित आसपासको क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै छ। अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शनिबार मनाउन लागिएको हो । होलीका लोकगीत, संगीतले आज जनकपुरधाम गुञ्जयमान बनेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिएका छन्। अदालतले बनाइदिएको गठबन्धलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने उनको चेतावनी छ। एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको हैसियत चुनावमा जनताले देखाइदिने बताएका छन्। मुद्दा जितेर आएका झगडियाहरूलाई जनतामा जाने […]
काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्ने बताएका छन्। एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई कारबाही गर्न एमालेलाई जिरोमा झार्नुपर्ने धारणा राखेका हुन्। केपी ओलीले दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरेको खनालको आरोप छ। ओलीको उक्त कदमको हामीले तल्लो […]