काठमाडौं– नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा गर्दै आवश्यक दिशानिर्देश गर्ने बताएका हुन्। कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले […]
काठमाडौ, सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरु फेरि छलफलमा जुट्ने भएका छन् । बुधबार बिहान ११ बजेदेखि एक घण्टा बालुवाटारमा छलफल गरेका तीन नेताहरु अहिले अपरान्ह ४ बजे बालुवाटारमा जुट्दैछन्। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले सत्ता गठबन्धनमा विवाद बढिरहँदा माओबादी केन्द्रमा अध्यक्ष पुस्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांँँग्रेसका सभापति एवं प्रधानमन्त्री […]
काठमाडौं। अस्पतालका कर्मचारी नै स्वाबबिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ। महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो। उनीहरूले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर […]
काठमाडौं। संसद्को चालु अधिवेशनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) जसरी पनि पारित गर्ने मनस्थितिमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सक्रियता देखाएका छन्। उनले सत्ता गठबन्धनभित्र सहमति जुटाउन आफूनिकट नेपाली कांँग्रेसका नेताहरूलाई परिचालन गरेका छन्। एमसीसी पारित गर्न गठबन्धन दलभित्रैका नेताहरूबाट असहयोग हुने संकेत मिलेपछि प्रधानमन्त्री देउवाको दूत बनेर मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्र […]
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड ९(याडिसन होटल० लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी […]
सुर्खेत, कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्षी दल (एमाले) बीच सात बुँदे सहमति भएको छ। यो सहमतिसँगै त्यहाँको संसद् सुचारु हुने भएको छ। एमालेले आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएको थियो। सात बुँदे सहमतिसँगै एमालेले संसद् सञ्चालन गर्न दिने बताएको छ। सभामुख राजबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्षी दल […]
धनगढी, प्राकृतिक मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र कैलालीमा मासिदैं गएको छ । संरक्षण नहुनु र जथाभावी दोहन गरिनुले सिमसार क्षेत्र मासिदैं गएको हो । आम्दानीको लागि तालतलैयाको अव्यवस्थित प्रयोगले दिनप्रति दिन सिमसार क्षेत्रको विनाश भइरहेको सरोकारवालाको ठहर छ । सिमसार क्षेत्र मासिदैं जानुको प्रमुख कारण तालतलैयाको जथाभावी दोहन नै रहेको बसन्ता संरक्षित वन परिषद्का अध्यक्षसमेत […]
काठमाडौं, –युएई लगायतका देशमा रहेका केही नेपालीले अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाई ठुलो ठगी गरेको प्रमाण भेटिएको छ । नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी कार्यमा क्रियाशील रहेका छन युएईमा रहेका केही नेपालीहरु । उनिहरुले नेपाललगायतका देशमा बिभिन्न एजेन्ट राखेर ठगी कार्य जारी राखेका छन । युएईमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउदै आएका नेपालीले खुलेआम […]
एजेन्सी, भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आयोजित रेडियो कार्यक्रम ‘मन की बात’मा यस्तो घोषणा गरेका हुन् । यस्तै, सरकारले […]
एजेन्सी- इरानपछि कतार विश्वकप २०२२ का लागि छनोट हुने दक्षिण कोरिया दोस्रो मुलुक बनेको छ। एसियाको तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार राति समूह ए को खेलमा जीत निकाल्दै सिरियाविरुद्ध दक्षिण कोरियाले विश्कपमा स्थान बनाएको हो। यससँगै समूह एबाट विश्वकप खेल्ने दुवै टिमको टुंगो लागेको छ। यसअघि समूह ए कै शीर्षस्थानमा रहेको इरानले विश्वकपको यात्रा पक्का गरेको […]