Sajhamanch Archive

निर्वाचन मितिबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचन मितिबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेट्ने भएका छन्। स्थानीय तहको निर्वाचनको मितिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बोलाएका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच बालुवाटारमा छलफल हुने भएको छ। जेठमा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति बनेपछि देउवाले मितिका सन्दर्भमा छलफल गर्न आयोगका पदाधिकारी डाकेका हुन्। जेठको पहिलो साता एकै […]

ऐन–कानून बहाना हुन्, गठबन्धनलाई डर एमालेको लोकप्रियताको हो : पृथ्वी सुब्बा गुरुङ [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on ऐन–कानून बहाना हुन्, गठबन्धनलाई डर एमालेको लोकप्रियताको हो : पृथ्वी सुब्बा गुरुङ [अन्तर्वार्ता].

गतशनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गर्‍यो। तर, अहिलेसम्म निर्वाचनको मिति तय गर्न सकेको छैन। सरकारले अझै निर्वाचन नचाहेकाले मिति तय नगरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुझाइ छ। स्थानीय तहको निर्वाचन समयमै गर्न निर्वाचन आयोग, राष्ट्र पति विद्यादेवी भण्डारीले समेत दबाब बढाएका छन्। स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक दबाब […]

दुई दिनमा नेपाल आइपुग्यो २३ लाख ४० हजार डोज मोडर्ना खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दुई दिनमा नेपाल आइपुग्यो २३ लाख ४० हजार डोज मोडर्ना खोप.

काठमाडौं– कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा नेपाल आइपुगेको छ। हिजो सोमबार र आज मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए। सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना […]

इमर्जिङ नेपालको आईपीओ माघ २६ देखि

Published: in अर्थतन्त्र, by . Leave a Comment on इमर्जिङ नेपालको आईपीओ माघ २६ देखि.

काठमाडौं– इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई […]

सरकारले बुधबार दियो सोनाम ल्होसारको सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on सरकारले बुधबार दियो सोनाम ल्होसारको सार्वजनिक बिदा.

काठमाडौ, सरकारले भोलि (बुधबार) सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ(संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव वसन्त भट्टराईले बताएका छन्।

कांँग्रेसले स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने !.

काठमाडौं- नेपाली कांँग्रेसले स्थानीय तहमा चुनावी तालमेल गर्नेरनगर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने संकेत गरेको छ। स्थानीय तहको आवश्यकता अनुसार चुनावी गठबन्धन बनाउने अधिकार मातहतका कार्यसमितिलाई नै प्रत्यायोजन गर्ने तयारीमा कांग्रेस लागेको हो। घोषित रुपमा देशभर चुनावी तालमेल नगर्ने पक्षमा रहेको कांँग्रेसले ठाउँ विशेषमा भने गठबन्धन बनाउने रणनीति बनाउने भएको छ। गत निर्वाचनमा उम्मेदवार चयन प्रक्रियामा […]

मोरङका दुई स्थानमा देखियो बर्डफ्लू

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मोरङका दुई स्थानमा देखियो बर्डफ्लू.

मोरङ, मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी […]

अब बामदेबको पनि नयाँ राजनीतिक दल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अब बामदेबको पनि नयाँ राजनीतिक दल.

काठमाडौ, नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्। एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन्। राष्ट्रियसभा सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ।

दुर्गेश थापाको गीत प्रसारण रोक्न माग

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, by . Leave a Comment on दुर्गेश थापाको गीत प्रसारण रोक्न माग.

काठमाडौं– वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ। सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई […]

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज.

काठमाडौं– नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो। विमल घर्तीमगरको निर्णायक गोलमा नेपालको जित हात पारेको थियो। यसैबीच, मरिससविरुद्धको दोस्रो […]