Sajhamanch Archive

१६ दिनमा १२२ जनाको कोभिडबाट मृत्यु, धेरैजसो दीर्घरोगी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on १६ दिनमा १२२ जनाको कोभिडबाट मृत्यु, धेरैजसो दीर्घरोगी.

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण नेपालभर ज्यान गुमानेको संख्या ११ हजार ४ सय ३५ पुगेको छ। ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी, खोप नलगाएका र ज्येष्ठ नागरिक छन्। पछिल्लो पटक फैलिएको कोरोना संक्रमणको तेस्रो लहरमा १ माघदेखि १६ माघसम्म १ सय २२ जना संक्रमितहरूको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बताए। नेपालमा २१ […]

ब्राजिलमा आएको बाढीका कारण १८ जनाको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on ब्राजिलमा आएको बाढीका कारण १८ जनाको मृत्यु.

एजेन्सी, ब्राजिलमा दुई दिनदेखि भारी वर्षासँगै बाढी आएको छ। बाढी पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ। बाढीका कारण अन्य कैयौँ व्यक्ति विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। बाढीले ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। स्थानीय प्रहरी र सेना तथा अन्य पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेका छन्। भारी वर्षाका कारण उद्धारको […]

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेट

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेट.

काठमाडौं, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ । पछिल्लो समय अमेरिकी […]

गठबन्धनमा सहभागी दललाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइयो

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनमा सहभागी दललाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइयो.

विराटनगर, पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ। आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या सातबाट बढेर १२ पुग्ने पक्का भएको छ। तर, मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन्। मन्त्रिपरिषद् बैठकका आर्थिक मामिला […]

बौद्धको रेस्टुरेन्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जना पक्राउ

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बौद्धको रेस्टुरेन्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जना पक्राउ.

काठमाडौ, काठमाडौंको बौद्धस्थित एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(६ बौद्धस्थित प्लटिङ नजिक दोलखा घर भइ हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनीहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको जानकारी दिए। […]

आज पनि घट्यो सुनको भाउमा

Published: in अर्थतन्त्र, by . Leave a Comment on आज पनि घट्यो सुनको भाउमा.

काठमाडौ, नेपाली बजारमा सुनको भाउ सोमबार पनि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ यस महिनाकै कमजोर बनेको हो। आइतबार ४ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार पनि ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार […]

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे सरकारका प्रवक्ता कार्की

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे सरकारका प्रवक्ता कार्की.

काठमाडौं। सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट पारित गर्नेरनगर्ने विषयमा रस्साकस्सी चल्दैगर्दा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसँग भेटघाट गरेका छन्। शनिबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई आफू संसद्मा अघि बढाउने मनस्थितिमा रहेको जानकारी गराएका थिए। प्रधानमन्त्री देउवा गठबन्धन फुट्ने अवस्थामा आएपनि एमसीसी अघि […]

तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस १५’ को उपाधि

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस १५’ को उपाधि.

एजेन्सी, अभिनेत्री तेजस्वी प्रकाश भारतीय टिभी रियालिटी शो बिग बोस सिजन–१५ को विजेता भएकी छन्। फाइनलमा तेजस्वीले प्रतीक सहजपालालाई हराउँदै उपाधि जितेकी हुन्। उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरिन्। भारतीय सञ्चारमाध्यमका अनुसार तेजस्वी र प्रतिकबीच कडा टक्कर भएको थियो। शोमा भएका सबैले प्रतीकलाई विजेता मानेका थिए। सामाजिक सञ्जालमा समेत […]

बागमती नदी किनारका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बागमती नदी किनारका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम.

काठमाडौं- काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सात दिने अल्टिमेटम दिएको छ। समितिले नदी किनार छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना जारी गरेको हो। मठमन्दिर, देवालय, […]

हायर पर्चेस कर्जामा नयाँ व्यवस्था, धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने

Published: in अर्थतन्त्र, by . Leave a Comment on हायर पर्चेस कर्जामा नयाँ व्यवस्था, धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने.

काठमाडौ, हायर पर्चेस कर्जा औसत ब्याजदरमा ४ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्थालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको छ। कम्पनीले कर्जा प्रवाह गर्दा धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ। संशोधनमा हायर पर्चेज दिने कम्पनीले एउटै […]