Sajhamanch Archive

प्रदेश १ सरकारले हाल कायम मन्त्रालय फुटाएर १२ पुर्‍याउने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ सरकारले हाल कायम मन्त्रालय फुटाएर १२ पुर्‍याउने.

विराटनगर, प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालय फुटाएर १२ पुर्‍याउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढाउने भएको छ। मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी दिन भने बाँकी छ। आइतबार मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले […]

सत्ता गठबन्धन जोगिने गरी एमसीसीमा सहमति खोज्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धन जोगिने गरी एमसीसीमा सहमति खोज्दै.

काठमाडौं– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौताको विषयलाई लिएर फेरि राजनीतिक रस्साकस्सी सुरु भएको छ। अमेरिकी अधिकारीहरुले फेब्रुअरी १ तारिख (माघ १८ गते)सम्म सम्झौता संसद्‌बाट पारित गराउन दबाब दिएका सत्तारुढ गठबन्धनकै नेताहरुले बताउँदै आएका छन्। शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल भएको थियो। उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले […]

वैदेशिक रोजगारीका समस्या समाधान गर्न श्रम मन्त्रालयमा ‘कल सेन्टर’ स्थापना

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on वैदेशिक रोजगारीका समस्या समाधान गर्न श्रम मन्त्रालयमा ‘कल सेन्टर’ स्थापना.

काठमाडौं– वैदेशिक रोजगारका समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सरकारले ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय परिसरमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्नेगरी कल सेन्टरको शुभारम्भ गरेका हुन्। मन्त्रालयका अनुसार कल सेन्टरमार्फत सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ गर्न ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ। वैदेशिक रोजगार बोर्डको […]

२० मुलुकका लागि राजदूत सत्तारुढ दलको भागबण्डामा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on २० मुलुकका लागि राजदूत सत्तारुढ दलको भागबण्डामा.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत सिफारिसका लागि चाँडोभन्दा चाँडो नाम दिन सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन्। अहिले २० मुलुकमा राजदूत रिक्त छ। राजदूत सिफारिसका लागि सत्तासाझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीबीच पटक—पटक छलफल भइसके पनि निर्णय हुन सकेको छैन्। राजनीतिक कोटाबाट १३ जना र परराष्ट्र […]

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन.

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा जानुभएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । ‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र […]

दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक.

काठमाडौं- लोक सेवा आयोगले दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। सम्पूर्ण तहका परीक्षा सम्पन्न भए पनि आयोगले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेको थियो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि आयोगले आइतबार नतिजा सार्वजनिक गरेको हो। लोक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ दुई […]

५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी.

काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा। […]

राप्रपाले गर्‍यो दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाले गर्‍यो दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन.

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले २/२ महामन्त्री तथा उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेको छ। आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानअनुसार उनीहरुलाई मनोनयन गरेका हुन्। उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनयन गरिएको छ। यस्तै, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रहलादप्रसाद साहलाई मनोनयन गरिएको हो। सहायक महामन्त्रीहरुमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि […]

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन.

काठमाडौं– रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो। यो ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले २ हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी […]

थप ३ हजार ५४० जनामा कोरोना संक्रमण, ६ हजार ३५९ जना निको भए

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप ३ हजार ५४० जनामा कोरोना संक्रमण, ६ हजार ३५९ जना निको भए.

काठमाडौं- नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको […]