Sajhamanch Archive

आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

Published: in अर्थतन्त्र, by . Leave a Comment on आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट.

काठमाडौ, शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दूमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको छ । आज कारोबारमा आएका २३१ कम्पनीको १ करोड […]

स्थानीय तहको निर्वाचनका लागि कानून परिवर्तन गर्नु घातक : डा. शेखर कोइराला

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचनका लागि कानून परिवर्तन गर्नु घातक : डा. शेखर कोइराला.

विराटनगर, नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए। उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानुन परिवर्तन गरेर […]

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमआँधी, पाँच राज्यमा आपतकाल घोषणा

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमआँधी, पाँच राज्यमा आपतकाल घोषणा.

एजेन्सी, हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो। न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन अवस्था घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। विज्ञहरुले केही स्थानमा अहिलेसम्मकै धेरै हिमपात हुने तथा तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिएका […]

बीपी प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on बीपी प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु.

धरान, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको आइतबार बिहान मृत्यु भएको हो । १४ माघमा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भएका सप्तरीको राजविराज-१५ का ७५ वर्षीय पुरुषको […]

नेपाल कम्युनिष्ट पार्टी फिर्ता ल्याउने ऋषिराम कट्टेल पार्टीबाटै निष्कासित

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल कम्युनिष्ट पार्टी फिर्ता ल्याउने ऋषिराम कट्टेल पार्टीबाटै निष्कासित.

काठमाडौ, नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टीको अहितमा काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । अध्यक्ष कट्टेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको नेपाल कम्युनिष्ट पार्टीले १३ माघमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

शहीदको आकाङ्क्षालाई साकार बनाउन इमानदारीका साथ भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शहीदको आकाङ्क्षालाई साकार बनाउन इमानदारीका साथ भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी.

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट इमानदारीका साथ भूमिका खेल्नुपर्ने बताएकी छन् । आज शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका​ साथ पूरा गर्नुपर्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले शहीद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई राष्ट्र […]

रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत

Published: in विश्व समाचार, by . Leave a Comment on रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत.

एजेन्सी, रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा बेलायतले पूर्वी युरोपमा थप सेना पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई सहयोग गर्ने उदेश्यले आफ्ना थप सैनिक पठाउन लागेको हो । आगामी साता बेलायतले पूर्वी युरोपमा सेना पठाउने जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेटो मार्फत बाल्टिक राज्य र पूर्वी राज्यमा आफ्नो सेनाको संख्या दुईगुणा बढाउने […]

युरोपियन युनियनले मानवीय सहायता स्वरुप नेपाललगायतका देशलाई २ अर्ब ८० करोड सहायता दिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on युरोपियन युनियनले मानवीय सहायता स्वरुप नेपाललगायतका देशलाई २ अर्ब ८० करोड सहायता दिने.

काठमाडौ, युरोपियन युनियन (इयु)ले नेपाल, फिलिपिन्स र दक्षिणपूर्वी एसियाका केही देशलाई मानविय सहायता स्वरुप २ करोड १० लाख युरो (२ अर्ब ८० करोड रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । गतसाता युरोपेली आयोगले उक्त घोषणा गरेको हो । विपद् जोखिम न्युनिकरण तयारी र मानविय सहायता शिर्षकमा उक्त सहयोग उपलब्ध गरिने घोषणामा उल्लेख छ […]

आजका लागि बोलाइएको संसद्‍ बैठक स्थगित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आजका लागि बोलाइएको संसद्‍ बैठक स्थगित.

काठमाडौं । कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ । शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ […]

शहीदको सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति पुन

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शहीदको सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति पुन.

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले शहीदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । शहीद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले शहीदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराएका छन् । प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू […]