Sajhamanch Archive

सर्लाहीमा रात्रिबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, १३ जना घाइते

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्लाहीमा रात्रिबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, १३ जना घाइते.

सर्लाही, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राति रात्रिबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रिबस शनिबार राति ९ बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलस्थित राजमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् […]

शहीदको बलिदानबाटै जनताको शासन स्थापना : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शहीदको बलिदानबाटै जनताको शासन स्थापना : प्रधानमन्त्री देउवा.

काठमाडौं– व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदहरुकै कारण जनताको शासन स्थापित हुन सकेको उल्लेख गरेका छन्। विसं २००७ को एकतन्त्रीय जहानिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका […]

९० दिनको तयारीमा पनि चुनाव गर्न सक्छौं : प्रमुख निर्वाचन आयुक्त

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ९० दिनको तयारीमा पनि चुनाव गर्न सक्छौं : प्रमुख निर्वाचन आयुक्त.

काठमाडौं,  जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ। आज बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गठबन्धनको निर्णय सकारात्मक भएको बताए। जेठभित्र चुनाव गर्ने सहमति भएको भन्ने कुरा सुनिएको छ। तर, यस […]

विमल घर्ती मगरले गरेको गोलले नेपाल विजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विमल घर्ती मगरले गरेको गोलले नेपाल विजयी.

काठमाडौं, प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले भनेझौ यो खेलमा पाउनु वा गुमाउनु केही पनि थिएन। त्यसैले दशरथ रशंगशालामा शनिबार पौने ५ बजे सुरु भएको खेल औसतरुपमा सुरु भएको थियो। प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडीलाई एक्सपोजर दिनेका थिए। त्यसअनुसार आज सुरुज गुरुङ अन्तिम समयको पाँच मिनेटअघि र आकाश बुढामगर इन्ज्युरी समयमा मैदान पस्दै राष्ट्रिय टिमबाट डेब्यु गरे। यद्यपि खेलको […]

सत्तागठबन्धनले गर्यो आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्ने निर्णय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्तागठबन्धनले गर्यो आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्ने निर्णय.

काठमाडौ, नेपाली कांँग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ। शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै […]

सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित.

काठमाडौ, सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । शनिबार कृष्णराज पौडेलको नेतृत्वमा नयाँ पार्टी गठन भएको हो । मोहनविक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांँग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टी गठन गरेका हुन् । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा […]

सुरु भयो बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुरु भयो बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक.

काठमाडौं, बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै छलफल सुरु भएको हो। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको बैठक भर्खरै सुरु भएको हो। ‘सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ’, किरणले भने, ‘बिहान स्थगित भएको बैठक नै अहिले फेरि […]

एपीएफलाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

Published: in खेलकुद, by . Leave a Comment on एपीएफलाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि.

पोखरा, आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पेनाल्टीमार्फत् मनाङ मर्स्याड्दी क्लवलाई ५-३ गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले दुई-दुई गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट विजेता छनोट गरिएको हो। एपीएफले पहिलोपटक आहारा […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्तीबाट नियमित उडान

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्तीबाट नियमित उडान.

भैरहवा, निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो बुद्धजयन्तीको दिन विमानस्थल उद्घाटन गर्ने तयारी प्राधिकरणले गरेको छ। त्यसअघि नै परीक्षण उडान भइसक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कर्णले […]

देशभर ४,९०४ संक्रमित थपिँदा थप ६ जनाको मृत्यु, ५,९२४ संक्रमणमुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on देशभर ४,९०४ संक्रमित थपिँदा थप ६ जनाको मृत्यु, ५,९२४ संक्रमणमुक्त.

काठमाडौ, नेपालमा शनिबार कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै पाँच हजार कोरोना संक्रमित थपिँदा करिब ६ हजार संक्रमणमुक्‍त भएका हुन् । आज ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् भने ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख […]