Sajhamanch Archive

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त.

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर बेलायत सरकारबाट एग्रिमो आएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन्। सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर […]

आहा रारा गोल्डकपको उपाधि भिडन्तमा एपीएफ र मनाङ

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा गोल्डकपको उपाधि भिडन्तमा एपीएफ र मनाङ.

पोखरा, आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्। शनिबार हुने फाइनल खेलसहित मनाङले १२ औँ पटक आहा राराको उपाधि भिडन्त गर्न लागेको हो। उता १४ वर्षपछि फाइनलमा पुगेको एपीएफ पहिलो उपाधिको खोजीमा मैदान उत्रिनेछ। मनाङ सातौँ पटक उपाधि जित्ने लक्ष्यसहित उत्रिने मुख्य प्रशिक्षक प्रशिक्षक […]

पत्रकार बिश्वकर्माको निधन हुनुमा सिभिल अस्पतालको गम्भीर लापरवाही : पत्रकार महासंघ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on पत्रकार बिश्वकर्माको निधन हुनुमा सिभिल अस्पतालको गम्भीर लापरवाही : पत्रकार महासंघ.

काठमाडौ, नेपाल पत्रकार महासंघले पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन हुनुमा अस्पतालको गम्भीर लापरवाही औँल्याएको छ। महासंघले गठन गरेको अध्ययन समितिले सिभिल अस्पतालको लापरवाहीको कारण पत्रकार विश्वकर्माले ज्यान गुमाएको प्रतिवेदन सार्वजनिक गरेको हो। ‘त्यो रात करिब साढे १० बजे अस्पताल पुगेका उनलाई करिब चार घण्टासम्म अस्पतालले आकस्मिक कक्षमा राखेर अक्सिजन दिने र सामान्य उपचार गरेको, बिल […]

निर्वाचनको विषयमा छलफल गर्न शनिबार गठबन्धनको बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचनको विषयमा छलफल गर्न शनिबार गठबन्धनको बैठक.

काठमाडौं, शनिबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार गठबन्धन बैठक तय गरेको हो। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार शीर्षनेताको बैठकले शनिबारका लागि गठबन्धनको बैठक तय गरेको हो। ‘शनिबार […]

कांँग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति.

काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समिति गठन भएको हो। कार्यसमिति सदस्यको नाम भर्चुअल बैठकले अनुमोदन गरेको छ। कार्यसम्पादन समिति सदस्यमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश […]

१९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on १९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु.

काठमाडौ, पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा निको हुनेको संख्या ५ हजार ४३२ जना रहेको छ। यससँगै देशभर कोरोनाको […]

अफताव आलमको मुद्दा कार्की र शर्माको इजलासमा सुनुवाइ हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अफताव आलमको मुद्दा कार्की र शर्माको इजलासमा सुनुवाइ हुँदै.

काठमाडौं– नेपाली कांँग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दाको आज सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिएको हो। बिष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतको मुद्दामा थुनामा रहेका आलमको मुद्दाको पटकपकट यसअघि पेशी तोकिदै आए पनि सुनुवाइ स्थगित हुँदै आएको छ। रौतहटमा २०६४ को संविधानसभा निर्वाचनको एक दिनअघि इट्टा […]

लोकसेवा आयोगले रोकिएका नतिजा प्रकाशन गर्ने

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on लोकसेवा आयोगले रोकिएका नतिजा प्रकाशन गर्ने.

काठमाडौं- लोकसेवा आयोगले शाखा अधिकृत लगायत यस अघि रोकिएका नतिजा केही दिन भित्रै प्रकाशन गर्ने जनाएको छ। आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै स्थगित भएका नतिजा प्रकाशन गर्न बाटो खुलेको जनाएको हो। आयोगका प्रवक्ता तोयनारायण सुवेदीले शाखा अधिकृत लगायत अन्य स्थगित भएको नतिजा केही दिन भित्रै प्रकाशन गर्ने आयोगले तयारी गरेको बताए। […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ देखि

Published: in अर्थतन्त्र, by . Leave a Comment on जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ देखि.

काठमाडौं– जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत […]

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल.

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो। बैठकमा हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचन तथा यसै वर्ष हुनुपर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचनबारे छलफल भएको थियो। निर्वाचन […]