Sajhamanch Archive

काठमाडौं उपत्यकाभित्र सवारीमा जोर बिजोरको चर्को विरोध, सीडीओ बैठकमा समीक्षा हुँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौं उपत्यकाभित्र सवारीमा जोर बिजोरको चर्को विरोध, सीडीओ बैठकमा समीक्षा हुँदै.

काठमाडौं –  काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाभित्र जारी सवारीमा जोर बिजोर प्रणालीको समीक्षा गर्ने भएका छन्। जोरबिजोर प्रणालीको चर्को विरोध तथा अभ्यासमा अव्यवहारिक देखिएपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले समीक्षा गर्न लागेको हो। बैठकले सवारीमा जोरबिजोर प्रणाली उपयुक्त नदेखिए हटाउने तयारीसमेत गरेको छ। चारै तिरबाट कुराहरू उठिरहेको छ। हामी बैठक बसेर […]

कांग्रेसमा ८० प्रतिशत पकड भएका देउवा पक्षमा हुँदासम्म गठबन्धनमा कुनै आँच आउँदैन : बेदुराम भुसाल

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on कांग्रेसमा ८० प्रतिशत पकड भएका देउवा पक्षमा हुँदासम्म गठबन्धनमा कुनै आँच आउँदैन : बेदुराम भुसाल.

सत्तारुढ गठबन्धनको सहारा सबैभन्दा बढी नेकपा एकीकृत समाजवादीलाई चाहिएको छ। नेपाली कांग्रेसमा गठबन्धन छोड्नुपर्ने दबाब बढिरहदा देउवाले राष्ट्रिय सभा निर्वाचनसम्म गठबन्धन कायम रहने भन्दै पार्टीभित्र थामथुम पार्दै आएका छन्। राष्ट्रिय सभा निर्वाचन सकिएसंगै अब गठबन्धनको भविष्यलाई लिएर प्रश्नहरू उठ्न थालेको छ। यसै सन्दर्भमा हामीले नेकपा एसका महासचिव बेदुराम भुसाललाई गठबन्धनको भविष्य के हुन्छ भनेर सोधेका […]

प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक.

काठमाडौ, न्याय सेवा आयोगको बैठक आज बस्दैछ । ६ पुसमा स्थगित बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । नेपाल बारको असहमतिका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू भने कोरोना संक्रमणका कारण सहभागी हुने सम्भावना कम छ । उनी कोरोना पुष्टिपछि आइसोलेसनमा रहेका छन् । कानुनमन्त्री बडू उपस्थित नभए पनि प्रधानन्यायाधीश […]

कर विवादले भन्सारमै रोकिए विद्युतीय बस

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कर विवादले भन्सारमै रोकिए विद्युतीय बस.

काठमाडौँ, सार्वजनिक विद्युतीय बस वीरगञ्ज भन्सार परिसरमा रोकिएका छन् । कर छुट भनिए पनि भन्सार नाकामा यातायात दस्तुरलगायतका विभिन्न शीर्षकमा कर थप गरेपछि भन्सार शुल्क तिर्न नसक्दा १८ वटा बस एक हप्तादेखि सीमा नाकामै रोकिएका हुन् । सुन्दर यातायातले चीनबाट ल्याएका ती बस कर तिर्न नसक्दा रोकिएका हुन् । सरकारले १ प्रतिशत कर तोके पनि […]

निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग असुल्छ मोटो रकम

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग असुल्छ मोटो रकम.

चितवन, सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा […]

क्यानले फिर्ता लियो ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही, सोमपाल पुन: ग्रेड ‘ए’ मा

Published: in खेलकुद, by . Leave a Comment on क्यानले फिर्ता लियो ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही, सोमपाल पुन: ग्रेड ‘ए’ मा.

काठमाडौं- नेपाल क्रिकेट संघ ९क्यान०ले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई गरेको अनुशासन सम्बन्धित कारबाही फिर्ता लिएको छ। बिहीबार भैरहवामा बसेको क्यानको कार्यसमिति बैठकले मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको हो। क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै नियमित कप्तान मल्ल र उपकप्तान […]

सर्लाहीमा ट्रयाक्टरमा रात्रि बस ठोक्किँयो, २४ जना घाइते, दुइको अवस्था गम्भीर

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सर्लाहीमा ट्रयाक्टरमा रात्रि बस ठोक्किँयो, २४ जना घाइते, दुइको अवस्था गम्भीर.

सर्लाही, सर्लाहीको हरिवनमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्किँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गएराति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन- ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको […]

इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश

Published: in खेलकुद, by . Leave a Comment on इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश.

एजेन्सी, विश्वकपको एसियाली छनोटको माध्यमबाट यही वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट हुने इरान पहिलो देश बनेको छ। बुधबार रातिको खेलमा इराकलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो। त्यसो त आयोजक देश कतार यसअघि नै विश्पकप खेल्न छनोट भइसकेको छ। तर, कतार आयोजक देशका हिसाबले छनोट भएको हो। तर, एसियाबाट छनोटको माध्यम हुँदै […]

खोप अभियानको एक वर्षमा एक करोड ३७ लाखलाई पूर्ण खोप

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on खोप अभियानको एक वर्षमा एक करोड ३७ लाखलाई पूर्ण खोप.

काठमाडौँ, नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड […]

अब अनुमतिबिना तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अब अनुमतिबिना तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही.

काठमाडौं, गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ। सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा […]