Sajhamanch Archive

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन पर्यटन मन्त्रालयको अनुरोध

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन पर्यटन मन्त्रालयको अनुरोध.

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ। हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक […]

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा.

पोखरा, त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो। खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो। […]

अध्यादेश ल्याएर भएपनि स्थानीय तह रिक्त नहुने व्यवस्था गर्न सकिन्छ : जगन्नाथ खतिवडा [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on अध्यादेश ल्याएर भएपनि स्थानीय तह रिक्त नहुने व्यवस्था गर्न सकिन्छ : जगन्नाथ खतिवडा [अन्तर्वार्ता].

स्थानीय तह निर्वाचनलाई लिएर यतिखेर मुलुकको राजनीति तरंगित छ। निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुने भन्दै वैशाखभित्रमा नयाँ निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। आयोगले सरकारलाई पटक पटक ताकेता पनि गरिरहेको छ। तर, पाँचदलीय गठबन्धन सरकारले अहिलेसम्म प्रष्ट निर्णय गर्न सकेको छैन। गठबन्धनका नेताहरुको अभिव्यक्ति हेर्दा सरकारले वैशाखमा निर्वाचन नगर्ने संकेत देखाइसकेको छ। स्थानीय […]

राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने.

काठमाडौं– राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि माघ २ गते बैठकको मितिका लागि सूचना सार्वजनिक गर्ने बताइएको […]

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको गाडीमा ढुंगा प्रहार

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको गाडीमा ढुंगा प्रहार.

काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। चिकित्सा शिक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमण भएको पुष्टि गरेको हो। बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिनुका साथै भौतिक आक्रमणको प्रयास गरिएको आयोगले जनाएको छ। आयोगले जारी गरेको […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता.

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एक घण्टा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले जानकारी दिए। उनले भने, ‘उहाँहरुबीच करिब एक घण्टा छलफल भएको छ। प्रधानमन्त्रीज्यूले राष्ट्रपतिज्यूसमक्ष सरकारका नियमित कामकारबाही बारे जानकारी […]

आत्मानन्द लिङ्देनबाट आशीर्वाद लिएको थिएँ, ‘विजयी’ चिट मेरो हात पर्यो : गोपाल बस्नेत (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on आत्मानन्द लिङ्देनबाट आशीर्वाद लिएको थिएँ, ‘विजयी’ चिट मेरो हात पर्यो : गोपाल बस्नेत (अन्तर्वार्ता).

नेपाली कांग्रेसका नेता गोपाल बस्नेत बुधबार प्रदेश १ मा भएको राष्ट्रियसभा निर्वाचनमा गोला प्रथाबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन्। झापा निवासी बस्नेत खुलातर्फका उम्मेदवार थिए। उनीसँग प्रतिस्पर्धा गर्न नेकपा (एमाले) ले गुरु बराललाई उठाएको थियो। २०२७ सालदेखि कांग्रेसको राजनीति थालेका बस्नेत झापा कांग्रेसको सचिव भइसकेका नेता हुन्। उनी २०४८ सालमा सम्पन्न आठौँ महाधिवेशनमा झापा सचिवमा विजयी भएका थिए। बस्नेतका […]

सेयर बजारमा लगातारको गिरावटमा ब्रेक, झिनो अंकले बढ्यो नेप्से

Published: in अर्थतन्त्र, by . Leave a Comment on सेयर बजारमा लगातारको गिरावटमा ब्रेक, झिनो अंकले बढ्यो नेप्से.

काठमाण्डौ । सेयर बजारमा लगातारको गिरावटमा ब्रेक लागेको छ। धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारको गिरावटमा ब्रेक लाग्दै झिनो अंकले उकालो लागेको हो। आज बजार ३.३३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७७९.९८ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ को विन्दूमा पुगेको […]

देउवाले बोलाए कांँग्रेस केन्द्रीय समिति बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on देउवाले बोलाए कांँग्रेस केन्द्रीय समिति बैठक.

काठमाडौं- प्रधानमन्त्री एवं कांँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्। शुक्रबारका लागि बोलाइएको बैठक भौतिक उपस्थितिमा भने हुने छैन। कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा बोलाइएको हो। बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने छ भने बुधबार सम्मपन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने जनाइएको छ। स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको […]

आठ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आठ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु.

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २१ हजार ८०८ नमूना परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित […]