Sajhamanch Archive

गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित.

विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।

दलिततर्फ सुदूरपश्चिमबाट माओवादीका पार्की विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दलिततर्फ सुदूरपश्चिमबाट माओवादीका पार्की विजयी.

कञ्चनपुर, नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन्। उनी दलिततर्फबाट गठबन्धनका साझा उम्मेदवार थिए। उनले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार नरेश विकले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मत प्राप्त गरेका छन्। बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म […]

आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा.

काठमाडौं– पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ। पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले मछिन्द्रलाई ३–१ गोलले हराएर फाइनल पुगेसँगै मछिन्द्र बाहिरिएको हो। एपीएफलाई जित दिलाउन प्रदीप लामा, शनिस श्रेष्ठ र नवीन लामाले गोल गरे। खेलको […]

सर्वोच्चले भन्यो: समायोजन भएर गएका कर्मचारीलाई संघमा फर्काउन मिल्दैन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सर्वोच्चले भन्यो: समायोजन भएर गएका कर्मचारीलाई संघमा फर्काउन मिल्दैन.

काठमाडौं । सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ । आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्चले लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा रोकिएको विषयमा भने बाटो खुलाइदिएको छ […]

प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित.

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् । उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तीनैजना विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तीनैजना विजयी.

बुटवल, लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट कांँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्। उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरे। मतदानमा प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख […]

८ हजार ४५४ संक्रमित थपिए, ५ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ८ हजार ४५४ संक्रमित थपिए, ५ जनाको मृत्यु.

काठमाडौ, गएको २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २० हजार ३५९ को परीक्षण गर्दा सो संख्यामा संक्रमति थपिएका हुन्। आज ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आज देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्।

लुम्बिनी र सुदूरपश्चिममा समाजवादीका गैरे र शाह विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लुम्बिनी र सुदूरपश्चिममा समाजवादीका गैरे र शाह विजयी.

बुटवल,राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको महिला सिटमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। एकीकृत समाजवादीकी उम्मेदवार राजेन्द्रलक्ष्मी गैरे एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्। विजयी गैरेले ४ हजार ३ सय ७४ मत प्राप्त गरेकी छन्। एमाले उम्मेदवारले ३ हजार ३ सय १२ मत प्राप्त गरेकी छन्। यसअघि सुदूरपश्चिम प्रदेशको महिलातर्फको सिटमा पनि एकीकृत समाजवादीकी […]

चुनावमा अरु पार्टी एकठाउँ उभिए भने कांग्रेस पनि गठबन्धनबाटै अगाडि बढ्छ : एनपी साउद (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on चुनावमा अरु पार्टी एकठाउँ उभिए भने कांग्रेस पनि गठबन्धनबाटै अगाडि बढ्छ : एनपी साउद (अन्तर्वार्ता).

एनपी साउदलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चर्चा सुरु भएदेखि नै संस्थापन समूहबाट महामन्त्रीको एक दाबेदार मानिएको थियो। सभापति शेरबहादुर देउवाले आफ्नो टिमभित्रका महामन्त्रीका दाबेदारहरु बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएकाले साउदलाई महामन्त्रीको स्वाभाविक उम्मेदवार मानिएको थियो। देउवाले प्रदेशहरुबाट उम्मेदवार टुंगो लगाउने जिम्मा दिँदा पनि सुदूरपश्चिमको जिम्मा नेता साउदलाई नै दिएका थिए। […]

जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आठ गाडी तोडफोड, १९ राउण्ड अश्रुग्याँस प्रहार

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आठ गाडी तोडफोड, १९ राउण्ड अश्रुग्याँस प्रहार.

जनकपुरधाम– जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशको मतदानस्थल महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानभित्र जनमत पार्टीका कार्यकर्ताहरूले बाँसको भाटा लिएर छिर्न खोज्दा झडप भएको हो । सुरक्षाकर्मीले भीडलाई तितर बितर पार्न केही सेल अश्रुग्याँस प्रहार गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले राष्ट्रियसभाको चुनावमा मतदान गर्न विभिन्न जिल्लाबाट आएका प्रदेश […]