काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब १० खर्ब रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ। भन्सार विभागले प्रकाशित गरेका तथ्यांक अनुसार पुस मसान्तसम्म ९ खर्ब ९९ करोड रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको थियो। गत आवको तुलनामा […]
काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आज पुँजी बजार मापन परिसूचक नेप्से १०.८३ अंकले घटेर २९२०.५१ अंकमा पुगेको छ। गतसाताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३२.९६ प्रतिशतले बढेर २९३१.२६ विन्दूमा पुगेको थियो। बिहीबारको भन्दा आज कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत बिहीबार पाँच अर्ब ७७ […]
काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको ६ महिने कार्यकालको समीक्षा गरेका छन् । प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि नै सदन अवरुद्ध गर्दै आएको एमालेले प्रतिपक्षीको रूपमा प्रेस वक्तव्यमार्फत् सरकारबारे धारणा सार्वजनिक गरेको हो । एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारको ६ महिने कार्यकालका कारण मुलुक गहिरो संकटतर्फ धकेलिँदै गएको बताएका […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा असहज महसुस भएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको हो। ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। सुरुमा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि ओली दम्पतीले शनिबार पीसीआर परीक्षण गराएका थिए। संक्रमण पुष्टि भएपछि अहिले ओली दम्पती आफ्नो निवास […]
ओखलढुंगा, ओखलढुंगामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मानेभन्ज्याङ गाउँपालिका-१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको ६ जना यात्रु सवार बोलेरो जीपमा बाटो माथिबाट ढुंगा खसेर लागेको हो । जीपमा सवारमध्ये सिद्धिचरण नगरपालिका-१ तलुवाका १० […]
काठमाडौँ, पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ । नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो । मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छन् । पारिवारिक स्रोतका अनुसार दाहालको हाल मेडिसिटी अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । तीन दिनदेखि अस्पतालमा भर्ना भएकी सीतामा निमोनिया पनि देखिएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सीता पिएसपी नामक रोगबाट लामो समयदेखि ग्रसित छिन् । अमेरिकाको नेसनल […]
लमजुङ, नेपालकै ठूलो मध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन […]
काठमाडौ, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन हुनेछ । सम्मेलनमा स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए।
काठमाडौं – देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो। महाशाखाका अनुसार […]