काठमाडौँ – कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने […]
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारका लागि बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकबारे कुनै औपचारिक जानकारी नआएको एमालेले बताएको छ। एमाले उ महासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत बैठकबारे जानकारी नआएको बताएका हुन्। औपचारिक जानकारी नै नआएको बैठकमा सहभागी हुने कुरा नै नहुने उनले बताएका छन्। ‘एमालेको सहभगिताबारे […]
काठमाडौं– भारतसँग इन्धन किनेको पैसा तिर्न सरकारले नेपाल आयल निगमलाई १ अर्ब ८० करोड रुफैयाँ दिने भएको छ। पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरिकरण कोषको शुक्रबार बसेको बैठकले निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिने निर्णय गरेको हो। आयल निगमले यही जनवरी २३ सम्म भारतीय आयल कर्पोरेशनलाई १३ अर्ब रुफैयाँ तिर्नुपर्ने बताएको छ। तर, पेट्रोलियम […]
बनेपा, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ । छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्योर्ड डिजिटल प्रिन्टिङ मेसिन) […]
काठमाडौँ, काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट […]
काठमाडौँ– शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ । निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको बताइएको छ । संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताए । तीन पटकमा सम्पन्न […]
काठमाडौं, सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण उच्च भएकाले खाडी मुलुकमा जान रोक लगाएको जानकारी गराएको हो । कोरोना संक्रमण बढेसँगै खाडी मुलुकमा पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको भन्दै भिजिट भिसामा त्यहाँ जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा […]
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे । ‘तीन […]
काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणमा ८८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८८८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। […]
काठमाडौं– यातायात व्यवसायीहरुले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा गरेको छलफलमा व्यवसायीहरुले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन्। बरु […]