Sajhamanch Archive

वैशाखमा स्थानीय तहको निर्वाचन नभए संवैधानिक संकट निम्तिन्छ : विपिन अधिकारी [अन्तर्वार्ता]

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on वैशाखमा स्थानीय तहको निर्वाचन नभए संवैधानिक संकट निम्तिन्छ : विपिन अधिकारी [अन्तर्वार्ता].

स्थानीय तह निर्वाचनको विषयलाई लिएर अहिले राजनीतिक वृत्तमा छलफल तीव्र बनेको छ। सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संसदीय चुनाव र त्यसपछि स्थानीय तहको चुनाव गर्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसले अझै राजनीतिक माहोल तातिएको छ। स्थानीय तह निर्वाचनको विषयमा २०७४ मा भएको निर्वाचनबाट बनेका सरकारको पदावधि कहिले सकिन्छ र कहिलेसम्म चुनाव […]

एमाले संसद् अवरोध हटाउन तयार हुन्छ भने वैशाखमा स्थानीय निर्वाचन गर्न सकिन्छ : देव गुरुङ [अन्तर्वार्ता]

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमाले संसद् अवरोध हटाउन तयार हुन्छ भने वैशाखमा स्थानीय निर्वाचन गर्न सकिन्छ : देव गुरुङ [अन्तर्वार्ता].

२/२ पटक विघटनको मार खेपेर सर्वोच्चको फैसलापछि पुन:स्थापना भएको संसद्‌ (प्रतिनिधि सभा) सहज ढंगले चल्न सकेको छैन। पछिल्लोपटक गत असार २८ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरजसो अवरोध रहँदै आएको छ।    सत्तापक्षीय गठबन्धन र सरकारले संसद्‌ सहज ढंगले सञ्चालनका लागि प्रतिपक्षी दल एमालेसँग वार्ता गरेको बताउँदै आएको […]

१६ जिल्लाको कांग्रेस अधिवेशन फेरि स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on १६ जिल्लाको कांग्रेस अधिवेशन फेरि स्थगित.

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगित भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेको भन्दै तत्कालका लागि जिल्ला अधिवेशन स्थगित गरिएको कांग्रेसले जानकारी दिएको हो। नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ। यसअघि […]

मधेस प्रदेशमा सङ्क्रमित संख्या तेब्बर भएपनि अस्पताल भने खाली

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on मधेस प्रदेशमा सङ्क्रमित संख्या तेब्बर भएपनि अस्पताल भने खाली.

जनकपुर, मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ । जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको उपचारका लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । […]

माओवादीकाे शनिवार बस्ने भनिएकाे केन्द्रीय समिति बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीकाे शनिवार बस्ने भनिएकाे केन्द्रीय समिति बैठक स्थगित.

काठमाडौं, नेकपा (माओवादी केन्द्र)को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको […]

पहिरोले बन्द नारायणगढ–मुग्लिन सडक खुल्यो

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पहिरोले बन्द नारायणगढ–मुग्लिन सडक खुल्यो.

चितवन, पहिराका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार बिहान ११ बजेदेखि खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित सडकमा बिहान २ः३० बजे सुक्खा पहिरो खस्दा यसअघि यातायात अवरुद्ध भएको थियो। नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार तीनवटा एक्साभेटर र एउटा लोडरले पहिरो पन्छाइएको हो। सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए। झण्डै ३० […]

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने.

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।

अनलाइनबाटै जुवा, १२ जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अनलाइनबाटै जुवा, १२ जना पक्राउ.

काठमाडौँ, महानगरीय प्रहरी अपराध महाशाखाले अनलाइन जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिकाको चोभार, नगाउँ र बागभैरव क्षेत्रबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार महिला र आठ पुरुष छन् । महाशाखाका अनुसार ल्यापटप, मोबाइल र आइप्याडबाट ठूलो रकम हारजित हुनेगरी जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा ती […]

कोपा डेल रेः रियल मड्रिडको जीत, अर्को खेलमा बार्सिलोना पराजित

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on कोपा डेल रेः रियल मड्रिडको जीत, अर्को खेलमा बार्सिलोना पराजित.

एजेन्सी, स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिड र एथलेटिक्स क्लबले जीत निकालेका छन्। अन्तिम १६ को खेलअन्तर्गत बिहीबार राति यी दुई क्लबले जित निकाल्दा एल्चे र बार्सिलोनाले भने हार बेहोरेका हुन्। म्यानुएल मार्टिनेज वलेरोमा सम्पन्न खेलमा रियलका मार्सेल्लो वेराले खेलको १०२औं मिनेटमा रातो कार्डको सजाय पाएका थिए। यससँगै रियल १० […]

आर्सनललाई हराउँदै लिभरपुल ईएफएल कपको फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on आर्सनललाई हराउँदै लिभरपुल ईएफएल कपको फाइनलमा.

एजेन्सी, आर्सनललाई हराउँदै लिभरपुल ईइफएल कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति सम्पन्न सेमिफाइनल खेलको दोस्रो लेगमा लिभरपुलले २–० को जीत निकाल्दै सोही नतिजाका साथ फाइनल पुगेको हो। गएको जनवरी १४ मा सम्पन्न पहिलो लेगको खेल गोलरहित बराबरीमा रोकिएको थियो। पहिलो लेगको खेलमा गोल नभएपछि दोस्रो लेगको नतिजाका आधारमा लिभरपुल फाइनल पुगेको हो। आर्सनलको इमिरेट्स […]