Sajhamanch Archive

बागमती र प्रदेश १ का केही स्थानमा वर्षा तथा हिमपात जारी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बागमती र प्रदेश १ का केही स्थानमा वर्षा तथा हिमपात जारी.

काठमाडौं- आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको छ । यसका साथै देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी […]

सत्तारुढ गठबन्धनको बैठक आज

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्तारुढ गठबन्धनको बैठक आज.

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक बिषयमा छलफल हुनेछ । माओवादी अध्यक्ष दाहाल र नेकपा एकीकृत […]

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध.

चितवन- सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायातसमेत अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको जनाएको छ। पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने प्रहरीको भनाइ छ। डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी […]

उपत्यकामा शुक्रबारबाट निजी तथा भाडाका सबै सबारी जाेर बिजाेर

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यकामा शुक्रबारबाट निजी तथा भाडाका सबै सबारी जाेर बिजाेर.

काठमाडौं, कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरू (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल […]

कोरोना संक्रमणमा दैनिक रेर्कड ब्रेक, बिहीबार एकैदिन १२ हजार ३३८ जनामा संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमणमा दैनिक रेर्कड ब्रेक, बिहीबार एकैदिन १२ हजार ३३८ जनामा संक्रमण.

काठमाडौं– नेपालमा थप १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २७ हजार ४९७ नमूना परीक्षण गर्दा बिहीबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ७ नमूनाको पीसीआर र ६ हजार ४९० नमूनाको […]

आहा रारा फुटबलको उद्घाटन खेलमा एपीएफ विजयी

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा फुटबलको उद्घाटन खेलमा एपीएफ विजयी.

पोखरा, पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्डकप फुटबलको पहिलो खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ। पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा एपीएफ क्लबले आयोजक सहारा क्लबमाथि २–० गोलको जित निकालेको हो। एपीएफको जितमा आवास लामिछाने र प्रदिप लामाले गोल गरे। खेलको पहिलो हाफमा गोल गर्दै आवासले अग्रता बनाएका थिए। यसँगै पहिलो हाफमा एपीएफ एक […]

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

Published: in राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित.

काठमाडौं, लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा आगामी फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा सात दिनको पूर्व सूचाना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा […]

स्थानीय तहमा पदाधिकारी रिक्त हुने कल्पना पनि गर्न सकिँदैन : महामन्त्री थापा

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहमा पदाधिकारी रिक्त हुने कल्पना पनि गर्न सकिँदैन : महामन्त्री थापा.

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन्। स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने चर्चा चलिरहँदा महामन्त्री थापाको यस्तो टिप्पणी आएको हो। थापाले बिहीबार दिउँसो ट्विट गर्दै भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। […]

नेप्सेको उकालो यात्रा फेरि शुरु, नेप्से ३२.९६ अंकले बढ्यो

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेप्सेको उकालो यात्रा फेरि शुरु, नेप्से ३२.९६ अंकले बढ्यो.

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढेको छ। आज १३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक ११ उपसमूहको शेयर उकालो लाग्दै नेप्से २ हजार ९ सय ३१ दशमलव २६ विन्दुमा पुगेर रोकिएको छ। आज कारोबारमा आएका २२९ ओटा धितोपत्रको ६ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको १ करोड ५९ लाख […]

मन्त्री यादवले दिइन् गौर नरसंहार दोहोर्‍याउने धम्की

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मन्त्री यादवले दिइन् गौर नरसंहार दोहोर्‍याउने धम्की.

रौतहट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी छिन्। बुधबार ‘बलिदानी दिवस’ को अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनमत पार्टीका अध्यक्ष सीके राउततर्फ संकेत गर्दै १५ वर्ष अगाडिको घटना दोहोर्‍याउने धम्की दिएकी हुन्। ‘आज हिंसा गर्नुछैन। आज बलिदान दिवस मनाउन आएका हौँ’, उनले भनिन्, ‘तुफानसँग नटकराउनुस्। नत्र […]