Sajhamanch Archive

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन.

जनकपुर, मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्। एमाले र लोसपाले संयुक्त रुपमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएका हुन्। यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ। लोसपाको तर्फबाट अन्य समूहबाट […]

त्रिविका सबै परीक्षा अनिश्चितकाललाई स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on त्रिविका सबै परीक्षा अनिश्चितकाललाई स्थगित.

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले जारी परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिरहेको र विद्यार्थी, त्रिविका कर्मचारी तथा प्राध्यापकसेमत संक्रमित भइरहेको भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले त्रिविबाट सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षा ९ माघ (आइतबार) देखि स्थगित गरिएको जनाएको हो।  

सत्ता साझेदार पाँचदलीय गठबन्धनको आजको बैठक स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता साझेदार पाँचदलीय गठबन्धनको आजको बैठक स्थगित.

काठमाडौं, पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको समितिको बैठक स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र उच्चस्तरीय समन्वय समितिका संयोजक रामचन्द्र पौडेल लगायत सत्ता गठबन्धनका दलहरुबीच बसेको बैठकमा […]

यस्ता छन राष्ट्रियसभा निर्वाचनका लागि अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका २१ बुँदा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on यस्ता छन राष्ट्रियसभा निर्वाचनका लागि अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका २१ बुँदा.

काठमाडौं, राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवकलगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका […]

भारत दक्षिण अफ्रिकासँग ३१ रनले पराजित

Published: in खेलकुद, by . Leave a Comment on भारत दक्षिण अफ्रिकासँग ३१ रनले पराजित.

एजेन्सी, पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफ्रिकाले भारतलाई ३१ रनले हराएको छ। जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १–० को अग्रता लिएको छ। बोल्यान्ड पार्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २९६ रन बनाएको थियो। २९७ रनको लक्ष्य पछ्याएको भारतले आठ विकेट गुमाएर २६५ रन मात्र […]

पेट्रोलियम पदार्थको मुल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १३९, डिजेल /मट्टितेल १२२

Published: in अर्थतन्त्र, by . Leave a Comment on पेट्रोलियम पदार्थको मुल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १३९, डिजेल /मट्टितेल १२२.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो। निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच […]

स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै.

काठमाडौं– सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (बिहीबार) बस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने उनले बताइन्। यसअघि गत मंगलबार बसेको […]

श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्न माग

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्न माग.

काठमाडौ, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले श्रमजीवी पत्रकार ऐन, २०५२ पूर्ण कार्यान्वयन गर्न माग गरेको छ। समितिले पछिल्लो समयमा कतिपय सञ्चारगृहले नियमित तलबलगायत सेवा सुविधा नदिएको तथा श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन नगरेको भन्दै ऐनको कार्यान्वयन नगर्ने, विभिन्न बहानामा बिदा तथा बेतलबीमा राख्ने, ऐनअनुसार सेवा सुविधा उपलब्ध नगराउने सञ्चारगृहविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत […]

सिटामोल अभाव, आजबाट केही सहज हुने विभागको आश्वासन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on सिटामोल अभाव, आजबाट केही सहज हुने विभागको आश्वासन.

काठमाडौं। कोभिड महामारी दिन दुगुना, रात चौगुनाको दरले बढ्दो छ। कोरोना संक्रमणको प्रमुख लक्षणमध्ये एक हो, ज्वरो। र, ज्वरो घटाउन सामान्यतः प्रयोग गरिने औषधी हो, सिटामोल। विडम्बना अहिले बजारमा त्यही सिटामोलको अभाव छ। कपनको सरस्वतीनगरस्थित गीता फार्मेसिमा एक हप्तादेखि सिटामोलको अभाव भएको त्यहाँ कार्यरत एक कर्मचारीले बताइन्। उनले आफ्नो फार्मेसीमा मात्रै नभई बजारमा नै अभाव […]

स्वास्थ्य मन्त्रालयले भन्यो : अवैधरूपमा खोप बेचबिखन गरिए कारबाही

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्य मन्त्रालयले भन्यो : अवैधरूपमा खोप बेचबिखन गरिए कारबाही.

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए। अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ, उनले जारी गरेको सूचनामा भनिएको […]