Sajhamanch Archive

माघ दोस्रो साता दैनिक १९ हजारभन्दा बढीमा संक्रमण हुने स्वास्थ्य मन्त्रालयको आकलन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on माघ दोस्रो साता दैनिक १९ हजारभन्दा बढीमा संक्रमण हुने स्वास्थ्य मन्त्रालयको आकलन.

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेको छ। नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयको आँकलन छ। माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको छ। संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा […]

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

Published: in खेलकुद, by . Leave a Comment on प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने.

काठमाडौं- प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

जसपामा विवादले लियो उग्र रुप, डा.भट्टराई पक्षले गर्‍यो बैठक बोलाउन माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जसपामा विवादले लियो उग्र रुप, डा.भट्टराई पक्षले गर्‍यो बैठक बोलाउन माग.

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईपक्षले पार्टीको बैठक बोलाउन माग गरेका छन्। जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मनोमानी ढंगले चलाएको भन्दै छलफलका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउन माग गरिएको कार्यकारिणी सदस्य नवराज सुवेदीले बताए। यादवले बैठक बोलाउन आनाकानी गरेमा कार्यकारिणी समितिमा बहुमत जुटाएर […]

मुख्यमन्त्रीको घरमा ढुंगामुढा, जनकपुरमा राजधानी राखेकोमा बिरोध

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मुख्यमन्त्रीको घरमा ढुंगामुढा, जनकपुरमा राजधानी राखेकोमा बिरोध.

बीरगञ्ज, मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाम कायम गरेको विरोधमा पर्साको वीरगञ्जमा सोमबारदेखि प्रदर्शन भइरहेको छ। मंगलबार पनि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगञ्ज घर भएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गामुढा गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा गरिएको हो। नेपाली कांँग्रेस वीरगञ्ज महानगर कमिटीले निकालेको र्‍यालीबाट निस्किएका एक युवकले ढुङ्गा […]

काठमाडौं उपत्यकामा निषेधको नयाँ आदेश जारी, के गर्न पाइन्छ, के पाइँदैन ?

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं उपत्यकामा निषेधको नयाँ आदेश जारी, के गर्न पाइन्छ, के पाइँदैन ?.

काठमाडौं– कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मंगलबार (माघ ४ गते) राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयहरुले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने […]

अहिलेसम्मकै उच्च विन्दूमा कोरोना संक्रमण, थपिए एकैदिन १०२५८ संक्रमित

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on अहिलेसम्मकै उच्च विन्दूमा कोरोना संक्रमण, थपिए एकैदिन १०२५८ संक्रमित.

काठमाडौं– नेपालमा मंगलबार एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर र ४ हजार ९५६ नमूनाको एन्टिजेन परीक्षण गरिएको […]

सेयर बजारमा ‘करेक्सन’, नेप्से परिसूचक घटे पनि कारोबार बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा ‘करेक्सन’, नेप्से परिसूचक घटे पनि कारोबार बढ्यो.

काठमाडौं- साताको दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा आज भने केही करेक्सन देखिएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापन गर्ने परिसूचक (नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ बिन्दूमा ओर्लिएको छ। आइतबार र सोमबार नेप्से क्रमशः ६९ र २०.६९ अंकले बढेर २९४७.४३ बिन्दूमा पुगेको थियो। आज  क वर्गका कम्पनीहरुको कारोबार […]

६३ जिल्लामा एमालेको नयाँ नेतृत्व, १४ जिल्लाको अधिवेशन हुन बाँकी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ६३ जिल्लामा एमालेको नयाँ नेतृत्व, १४ जिल्लाको अधिवेशन हुन बाँकी.

काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट ६३ भौगोलिक र गैरभौगोलिक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ […]

बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले घट्यो

Published: in अर्थतन्त्र, by . Leave a Comment on बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले घट्यो.

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८९ अर्ब रुपैयाँमा खुम्चिएको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप […]

सर्वोच्च अदालतको पूर्ण बैठक जारी, सेवा सञ्चालनबारे छलफल हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्वोच्च अदालतको पूर्ण बैठक जारी, सेवा सञ्चालनबारे छलफल हुँदै.

काठमाडौं, सर्वोच्च अदालतमा पूर्ण बैठक ९फुलकोर्ट० जारी रहेको छ । मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा कुन–कुन सेवा कति खोल्ने कति सेवा घटाउने भन्ने विषयमा छलफल हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्ण बैठक बोलाएका हुन् । कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्चले […]