Sajhamanch Archive

उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक.

काठमाडौं, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् । देशव्यापीरुपमा बढ्दै गएको कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजा अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । यो माघ मसान्तसम्म लागू हुने उनले बताए । यसैगरी माघ ७ […]

दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा.

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट वलिङ प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा वागमती प्रदेशलाई ५० ले हराउँदै फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो । […]

चितवनमा चिकित्सकसहित ११७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, केही अस्पतालको सेवा प्रभावित

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on चितवनमा चिकित्सकसहित ११७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, केही अस्पतालको सेवा प्रभावित.

भरतपुर– चितवन जिल्लामा रहेका स्वास्थ्य संस्थामा कार्यत ११७ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु छन्। चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि केही अस्पतालको सेवा प्रभावित भएको छ। संघीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारसम्म […]

वैशाखमै स्थानीय निर्वाचन गराउने सत्तारुढ गठबन्धनको तयारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on वैशाखमै स्थानीय निर्वाचन गराउने सत्तारुढ गठबन्धनको तयारी.

काठमाडौ, सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचन आयोगले दिएको समयानुसार आगामी २०७९ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्। कांँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको सत्ता घटकहरुको बैठक स्थानीय तहको निर्वाचनमा वैशाखमै गर्ने गरी सरकारलाई सुझाव दिने गरी उठेको छ। बैठकपछि पत्रकारहरुसँग बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक […]

मधेश प्रदेश बनाउन १७ सांसदको ‘फ्लोर क्रस’

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मधेश प्रदेश बनाउन १७ सांसदको ‘फ्लोर क्रस’.

जनकपुर । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा प्रमुख दलका सांसदहरूले नै फ्लोर क्रस गरेका छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र प्रदेश २ को नाम ‘मधेश’ कायम गर्न सहमत थिए । यद्यपि संविधानतः उनीहरूसँग प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ संख्या थिएन । १ सय ४ सदस्यीय […]

मूल्य बढेपछि अलैँचीखेती गर्ने किसानलाई राहत

Published: in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on मूल्य बढेपछि अलैँचीखेती गर्ने किसानलाई राहत.

भोजपुर– यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिए । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताए । विष्टले भने, […]

रौतहटमा प्रभु साह पक्षले एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले गर्यो अस्वीकार

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रौतहटमा प्रभु साह पक्षले एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले गर्यो अस्वीकार.

रौतहट– नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो । एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा […]

पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन

Published: in अर्थतन्त्र, by . Leave a Comment on पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन.

काठमाण्डौ । पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको हो। पुसमा वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब रुपैयाँ बढेको छ। जब कि गत मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले मात्रै बढेको […]

राष्ट्र बैंकद्वारा वित्तीय साक्षरता मार्गदर्शन, २०७८

Published: in अर्थतन्त्र, by . Leave a Comment on राष्ट्र बैंकद्वारा वित्तीय साक्षरता मार्गदर्शन, २०७८.

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी गरेको छ। अब इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचाअनुसार नै आफ्ना गतिविधि नियमित र व्यवस्थित बनाउनुपर्नेछ। वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यो मार्गदर्शन महत्वपूर्ण हुने राष्ट्र बैंकले जनाएको छ। […]

प्रदेश २ को नाम ‘मधेश प्रदेश’

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को नाम ‘मधेश प्रदेश’.

काठमाडौं– प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ। मधेश प्रदेश प्रस्तावको पक्षमा प्रदेशसभामा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० जना प्रदेशसभा सदस्यहरुले मत दिएपछि प्रदेशको नाम मधेश पारित भएको हो। मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए। यसअघि प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधाम समेत पारित भइसकेको छ। झन्डै ४ वर्षपछि प्रदेश […]