Sajhamanch Archive

कोरोना मुक्त भएपछि दाहाल राजनीतिक भेटघाटमा सक्रिय

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कोरोना मुक्त भएपछि दाहाल राजनीतिक भेटघाटमा सक्रिय.

काठमाडौं– कोरोना संक्रमणबाट मुक्त भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। दाहालले कोरोना संक्रमण पुष्टि भएयता केही दिनदेखि सबै खालका भेटघाट बन्द गरेका थिए। उनी आइतबार संक्रमण मुक्त भएका थिए। दाहाल निको हुनेबित्तिकै राजनीतिक भेटवार्तामा सक्रिय भएका हुन्। यस क्रममा दाहालले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग छलफल गरिरहेका […]

पीएम कप समूह चरणका खेल सकिँदा यस्तो बन्यो सेमिफाइनल समीकरण

Published: in खेलकुद, by . Leave a Comment on पीएम कप समूह चरणका खेल सकिँदा यस्तो बन्यो सेमिफाइनल समीकरण.

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार दिउँसो नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल सम्पन्न भएसँगै जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सम्पन्न भएका छन्। तीन दिनअघि नै हुनुपर्ने खेल कोभिड–१९ संक्रमणको प्रभावका कारण तीन दिन पछि धकेलिएको थियो। त्यसैले आजको खेलमा जीत निकाल्दै नेपाल पुलिसले समूहको शीर्षस्थानमा […]

प्रदेश २ को नाम र राजधानी मतदानबाट पनि टुंगिने सम्भावना न्यून, छलफलमा मुख्यमन्त्री नै सहभागी भएनन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को नाम र राजधानी मतदानबाट पनि टुंगिने सम्भावना न्यून, छलफलमा मुख्यमन्त्री नै सहभागी भएनन.

जनकपुरधाम। प्रदेश नम्बर २ को नाम र राजधानी मतदानबाट पनि नटुंगिने संकेत देखिएको छ। नाम र राजधानीका लागि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो अडान दोहोर्‍याएपछि सहमति जुट्न नसकेको हो। नाम र राजधानीमा सहमति जुटाउनसभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ ओटा र राजधानीको नाममा ३ ओटा पेश गरेपछि प्रदेशको नाम र राजधानी टुंगो लगाउन […]

कोभिड–१९ विरुद्धको ९० लाख डोज खोप मौज्दात भएपनि पाएनन अझै ३९ प्रतिशत लक्षित वर्गले खोपको दोस्रो मात्रा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोभिड–१९ विरुद्धको ९० लाख डोज खोप मौज्दात भएपनि पाएनन अझै ३९ प्रतिशत लक्षित वर्गले खोपको दोस्रो मात्रा.

काठमाडौँ, नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका […]

प्रदेश २ को नाम र राजधानी टुंग्याउन आज मतदान हुँदै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को नाम र राजधानी टुंग्याउन आज मतदान हुँदै.

जनकपुर, प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि आज (सोमबार) मतदान हुने भएको छ। प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो। दल तथा सांसदको आ–आफ्नै अडानका कारण समितिले नाम र राजधानीसम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर […]

काठमाडौंका १७ स्थानबाट लगाउन सकिने छ बुस्टर खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on काठमाडौंका १७ स्थानबाट लगाउन सकिने छ बुस्टर खोप.

काठमाडौं- सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुस्टर मात्रा खोप दिन सुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट बुस्टर खोप लगाउन सकिने छ। सरकारले पहिलो चरणमा अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर मात्रा उपलब्ध गराउन लागेको छ। गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुस्टर मात्रा खोप […]

कोभिड संक्रमणदर बढेसँगै बढ्याे स्वास्थ्यकर्मी संक्रमित हुने संख्या

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोभिड संक्रमणदर बढेसँगै बढ्याे स्वास्थ्यकर्मी संक्रमित हुने संख्या.

काठमाडौँ, नेपालमा कोरोना संक्रमण दर बढ्ेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ । स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका […]

तराईमा हुस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on तराईमा हुस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना.

काठमाडौँ – देशभर हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि […]

रियल मड्रिडले १२औँ पटक जित्यो सुपर कपको उपाधि

Published: in खेलकुद, by . Leave a Comment on रियल मड्रिडले १२औँ पटक जित्यो सुपर कपको उपाधि.

एजेन्सी, रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो । १० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको […]

नेता र मन्त्रीले नै भीड जम्मा गरेर बढाए कोरोना जोखिम

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on नेता र मन्त्रीले नै भीड जम्मा गरेर बढाए कोरोना जोखिम.

जनकपुर, कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गरेको छ। तर, सत्तारुढ दलकै नेता, मन्त्री र मुख्यमन्त्रीहरु सरकारी निर्णयको धज्जी उडाउँदै दैनिक भीड जम्मा गरिरहेका छन्। प्रदेश २ मा पनि दैनिक कोरोना संक्रमणको उकालो लाग्दै छ। महामारीले भयावह रुप लिएको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका कारण पनि प्रदेश […]