एजेन्सी, टर्किस क्लब गालाटासारेमाथि पुनरागमन जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो। यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। इस्तानबुलमा बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे। घरेलु टोलीका मार्काओले […]
जनकपुर, नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ। रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरुमा मनाउने प्रचलन छ। पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइएको थियो। होली पर्वको अवसरमा सरकारले आज मधेस तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने प्रचलन नेपालमा छ। स्थानअनुसार […]
काठमाडौं– सर्वोच्च अदालतले बहुप्रतीक्षित एउटा मुद्दाको सुनुवाइ अघि बढाउने तयारी गरेको छ, जसमा आउने निर्णयले फेरि मुलुकको राजनीतिमा बेग्लै तरंग थपिदिन सक्छ। त्यो मुद्दा हो, विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरिएका ५२ जना पदाधिकारीहरुको नियुक्तिसम्बन्धी निर्णय र त्यसलाई टेक्ने आधार बनेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको। पूर्ववर्ती केपी ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर त्यसका आधारमा दुई पटक […]
काठमाडौ, पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ। पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको संख्या ९ […]
काठमाडौं– निर्वाचन आयोगले आउँदो स्थानीय तह निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगले सामाजिक सञ्जाललाई लक्षित गरेर पनि आचारसंहितामा जारी गरेको छ। राजपत्रमा प्रकाशित भएको आचारसंहिताको दफा ४ मा फेसबुक, ट्विटर, युट्युब लगायतलाई लक्षित गरेर आचारसंहितामा व्यवस्था गरेको हो। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आयोगले सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण […]
भक्तपुर– कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ। परीक्षा जेठ १८ गतेदेखि सुरु हुने भनिएपनि कार्यतालिका भने राष्ट्रिय परीक्षा बोर्डले भोलि प्रकाशित गर्ने भएको छ। विद्यार्थीको परीक्षा भौतिक रुपै सञ्चालन हुनेछ। एईई परीक्षा भने वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने कार्यतालिका प्रकाशित भइसकेको छ।
नवलपुर– कलाकार पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार)को अभियोगमा मुद्दा दायर भएको छ। अभियोगमा १६ वर्षीया किशोरी (गायिका)लाई फकाएर बलात्कार गरेको जिकिर गरिएको छ। शाहले फकाएर ती गायिकासँग यौन सम्बन्ध बनाएको दाबी गर्दै परिवारले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो। जिल्ला सरकारी वकिल कार्यालयका सहायक […]
काठमाडौं, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् । महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी उपचार […]
काठमाडौं, फागु पूर्णिमा अर्थात् होली खेल्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको छ । राजधानीका विभिन्न ठाउँबाट होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको हो । ट्राफिक प्रहरीले सवारी साधनलाई न्युरोड गेटबाट रत्नपार्कतर्फ पठाएको छ । पैदल यात्रुको भीडभाड न्युरोड गेटदेखि वसन्तपुर दरबार क्षेत्रसम्मै छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण […]
काभ्रे, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास र आमनागरिकको जीवनस्तर सुधारका लागि पाँच वर्ष काँग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अवस्था परिवर्तन गर्न काँग्रेस आवश्यक रहेको बताए । महामन्त्री थापाले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिएको बताउँदै त्यसको अन्त्य […]