Sajhamanch Archive

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला.

काठमाडौ,अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। न्यू साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला परेकी हुन्। उनको मृत्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन्। नेपालको कीर्तिपुरमा घर भएकी […]

आजदेखि स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आजदेखि स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने.

काठमाडौं– प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गरिने गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ। यो अवधिभर व्रतालुहरुले बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने र स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। यस अवसरमा आजैदेखि उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला […]

नोभाक जोकोभिच देश निकाला

Published: in खेलकुद, by . Leave a Comment on नोभाक जोकोभिच देश निकाला.

एजेन्सी – विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो । सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द […]

सहरी विकास मन्त्री झाँक्रीले आज १०० दिने प्रगति सार्वजनिक गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सहरी विकास मन्त्री झाँक्रीले आज १०० दिने प्रगति सार्वजनिक गर्दै.

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री […]

गुरुयोजना विपरीत सुरज वैद्यलाई लुम्बिनीमा रिसोर्ट खोल्न पर्यटन मन्त्री आलेले दिए सहमति, कोषका उपाध्यक्ष भिक्षु मेत्तेय असहमत

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, समाज, by . Leave a Comment on गुरुयोजना विपरीत सुरज वैद्यलाई लुम्बिनीमा रिसोर्ट खोल्न पर्यटन मन्त्री आलेले दिए सहमति, कोषका उपाध्यक्ष भिक्षु मेत्तेय असहमत.

रुपन्देही । लुम्बिनी विकास कोषको जग्गा गुरुयोजना विपरीत रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढाउन थालिएको छ । पछिल्लो समय पुस २० गते लुम्बिनी आएका लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री प्रेम आलेको अध्यक्षमा बसेको कोषको बैठकले संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट संचालन गर्न दिने निर्णय गरेको हो । संसार वेलनेस कम्पनी उद्योग […]

काबुल पुगेर नेपालले अफगानिस्तानलाई गर्‍यो सहायता सामग्री हस्तान्तरण

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काबुल पुगेर नेपालले अफगानिस्तानलाई गर्‍यो सहायता सामग्री हस्तान्तरण.

काठमाडौं– नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । आज (आइतवार) परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले काबुल पुगेर संयुक्त राष्ट्र संघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन् । सहायता सामग्री बोकेर नेपाली टोली आज बिहान हिमाल एअरलाइन्समार्फत काबुल विमानस्थल प्रस्थान गरेको थियो । नेपाली टोलीले ९ […]

लिपुलेकबारे सरकार बोल्यो : लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भू-भाग हुन्

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on लिपुलेकबारे सरकार बोल्यो : लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भू-भाग हुन्.

काठमाडौँ– नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए । […]

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट.

 झापा- भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ। गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो। सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट […]

विमलको दोहोरो गोलमा मछिन्द्रको सानदार जीत

Published: in खेलकुद, by . Leave a Comment on विमलको दोहोरो गोलमा मछिन्द्रको सानदार जीत.

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको ६१ औं खेलमा मछिन्द्र फुटबल क्लबले ब्रिगेड व्याइज क्लबमाथि ४–० गोलको जीत निकालेको छ। दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा मछिन्द्र क्लबले सहज जीत निकालेको हो। पहिको हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा मछिन्द्रले ४ गोल गर्यो। मछिन्द्रलाई जीत दिलाउन विमल घर्ती मगरले दुई गोल र एक एसिस्ट […]

माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्द

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्द.

काठमाडौं, कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्न हुने बताए । कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ […]